Like us!
Follow us!
Connect us!
Watch us!

दुई जलविद्युत् र चार उत्पादनमूलक कम्पनीले आईपीओ निष्कासनका लागि मागे अनुमति, बोर्डमा आवेदन दर्ता

अर्थ संसार

शनिबार, २३ जेठ २०८३, १८ : ०० मा प्रकाशित

दुई जलविद्युत् र चार उत्पादनमूलक कम्पनीले आईपीओ निष्कासनका लागि मागे अनुमति, बोर्डमा आवेदन दर्ता

नेपाल धितोपत्र बोर्डमा थप ६ वटा कम्पनीले प्राथमिक सेयर निष्काशनको अनुमति माग्दै आवेदन दिएका छन् । जेठ महिनाभर दर्ता भएका आवेदनअनुसार जलविद्युत्, कृषि तथा उत्पादनमूलक क्षेत्रका कम्पनीहरूले सर्वसाधारणबाट पूँजी संकलन गर्न बोर्डको स्वीकृति खोजेका हुन् ।

यसपटक आवेदन दिने कम्पनीमध्ये दुई वटा जलविद्युत् क्षेत्रसँग सम्बन्धित छन् भने बाँकी चार कम्पनी उत्पादन तथा प्रशोधन समूहका रहेका छन् ।

जलविद्युत् क्षेत्रबाट दुई कम्पनी

सुपर हेवा पावर कम्पनी लिमिटेडले जेठ ७ गते धितोपत्र बोर्डमा आवेदन दर्ता गर्दै १९ लाख २५ हजार कित्ता सेयर निष्काशनको प्रस्ताव पेश गरेको छ । कम्पनीले निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटललाई दिएको छ ।

त्यसैगरी रघुगंगा हाइड्रोपावर लिमिटेडले जेठ ८ गते १ करोड ५० लाख कित्ता सेयर निष्काशनको स्वीकृति मागेको छ । कम्पनीको सेयर बिक्री व्यवस्थापकका रूपमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

उत्पादन तथा प्रशोधन समूहका चार कम्पनी

उत्पादनमूलक क्षेत्रअन्तर्गत राजेश मेटल क्राफ्ट्स लिमिटेडले ६० लाख कित्ता सेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीको बिक्री व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

अन्नपूर्ण माछादाना उद्योग लिमिटेडले १० लाख ९ हजार ५३१ कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न अनुमति मागेको छ । यस कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

कृषि तथा प्रशोधन क्षेत्रमा सक्रिय युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेडले १६ लाख ५० हजार कित्ता सेयर निष्काशनको प्रस्ताव बोर्डमा पेश गरेको छ । कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई बिक्री व्यवस्थापकको जिम्मेवारी दिएको छ ।

त्यसैगरी प्रिमियर डिस्टिलरी लिमिटेडले २२ लाख ५० हजार कित्ता सेयर निष्काशनको अनुमति माग्दै आवेदन दिएको छ । कम्पनीको बिक्री व्यवस्थापक सिद्धार्थ सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

बोर्डको स्वीकृतिपछि मात्र निष्काशन

यी सबै कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिए पनि सर्वसाधारणमा सेयर बिक्री प्रक्रिया भने बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भएपछि मात्र अगाडि बढ्नेछ । बोर्डले कम्पनीहरूको वित्तीय अवस्था, कानुनी प्रक्रिया तथा आवश्यक कागजातको अध्ययनपछि आईपीओ निष्काशनका लागि अन्तिम अनुमति प्रदान गर्ने व्यवस्था रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको