Like us!
Follow us!
Connect us!
Watch us!

इप्पान आगामी साधारणसभा : नेतृत्वमा मात्रै हाेइन विधान संशोधनमा पनि छैन एक मत, हाेला त सर्वसम्मत नेतृत्व चयन ?

अर्थ संसार

आइतबार, २४ जेठ २०८३, २१ : २५ मा प्रकाशित

इप्पान आगामी साधारणसभा : नेतृत्वमा मात्रै हाेइन विधान संशोधनमा पनि छैन  एक मत, हाेला त सर्वसम्मत नेतृत्व चयन ?

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को निर्वाचन आउनका लागि अब धेरै दिन बाँकी छैन । आज सहित ६ दिन पछि इप्पानको निर्वाचन सहितको साधारणसभा हुने छ । जेठ २९ गेत हुने साधारणसभाले इप्पानको तीन वर्षका लागि नयाँ नेतृत्व चएन गर्ने छ । त्यो पनि अध्यक्ष बाहेकको । इप्पानको हालको विधान अनुसार वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने छन् । जस अनुसार मोहन कुमार डाँगी इप्पानको नयाँ अध्यक्ष बन्ने निश्चित छ । तर, अहिले नेतृत्वसँगै विधानको पनि चर्चा भइरहेको छ । हालको विधान परिवर्तन गरेर वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था खारेज गरेर मात्रै निर्वाचन गर्नु पर्ने पक्षमा एउटा खेमा देखिएकाे छ भने अर्को खेमाले अहिलेको विधानलाई नै जारी राखेर निर्वाचन गर्नु पर्ने आवाज उठाइ रहेकाे छ । 

विधान संशोधन गर्नु पर्ने पक्षले सक्षम व्यवसायीलाई नेतृत्वमा पुग्तबाट रोकेकाले संसोधन गर्नु पर्ने आवाज उठाइ रहेका छन्। इप्पानको वर्तमान विधानअनुसार अध्यक्ष पदमा पुग्नका लागि कुनै पनि सदस्यले कम्तीमा एक कार्यकाल कार्यसमिति सदस्यका रूपमा निर्वाचित भएर काम गरेको हुनुपर्छ । त्यसपछि मात्र सचिव, उपमहासचिव, महासचिव, उपाध्यक्ष वा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिन पाउँछन् ।

अर्को तर्फ वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने प्रावधान रहेको छ । यस व्यवस्थाको विरोध गर्ने पक्षले अध्यक्ष बन्ने बाटो अत्यधिक लामो र सीमित भएको तर्क गर्दै आएका छन् । उनीहरूका अनुसार कार्यसमितिमा प्रवेश गराउने हालको नेतृत्वले बन्देज गरेको आरोप लगाउने गरेका छन् । यस्तो व्यवस्थाले सीमित समूहको प्रभाव कायम रहने, खुला प्रतिस्पर्धा खुम्चिने र संस्थाभित्र लोकतान्त्रिक अभ्यास कमजोर हुने उनीहरूको तर्क छ ।

विधान संसोधन गरेर सबैलाई समेटेर नयाँ नेतृत्व चयन गर्नु पर्ने पक्षमा आफू रहेकाले सोही अनुसार लभिङ गरिरहेको इप्पानका उपाध्यक्ष भरत बहादुर खत्रीको भनाइ छ । अहिलेको विधानले केही व्यवसायीलाई नेतृत्वमा आउनबाट रोकेकाले त्यसलाई संशोधन गरेर अघि बढ्नु पर्ने र सर्वसम्मच नेतृत्व चयन गर्नु पर्ने उनले बताए । 

विधानस संशोधन गर्न सकिने भए पनि निर्वाचन हुने वर्ष गरौँ भन्नु आम व्यवसायीको सेन्टिमेन्ट बटुल्ने कुरा मात्रै रहेको इप्पानका अर्का उपाध्यक्ष उत्तम लामा भ्लोनको भनाइ छ । अहिले विधान संशोधनको कुरा गर्नु संस्थालाई कमजोर बनाउने कुरा भएको उनको जीकीर छ । ‘अहिले विधान संशोधनको कुरा आएको छ । विधान समय सापेक्ष रुपमा परिवर्त हुने नै विषय हो । तर, चुनावी वर्षमा विधान संशोधन संसार भर कहि पनि हुँदैन,’ उनले भने । व्यवसायीहरुलाई सहज बनाउने गरि जान आफूहरु तयार रहेको भए पनि विधानलाई देखाएर इप्पानलाई बदनाम गर्ने कुरा स्वीकार्य नहुने उनले बताए । ३५ महिनासम्म यो विषयमा कुरा नगर्ने र ३६ औँ महिनामा आएर यो कुरा उठाउनु भनेको भाँडभैलो गर्ने उद्देश्यका साथ आएको उनको आरोप छ । 

विधान संशोधन गरेर नै निर्वाचन गर्नु पर्ने पक्षमा रहेकाले सोही अनुसार अघि बढीरहेको इप्पानका महासंचिव बलराम खतिवडाको भनाइ छ । विधान संशोधन गरेर सबैलाई समावेश हुन सक्ने वातावरण बनाएर जानु पर्ने भन्ने पक्षमा आफू रहेको उनले बताए । त्यस्तै इप्पानका उपमहासचिव प्रकाशचन्द्र दुलालले साधारणसभाको प्रस्तावमा विधान संशोधन गर्ने भन्ने विषय पनि समावेश भएकाले विधान संशोधन गर्नु पर्ने पक्षमा नै रहेको बताए । एक कार्यकाल कार्यसमितिमा भए पछि मात्रै पदाधिकारी हुन पाउने व्यवस्था र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विषयमा संशोधन हुने गर्नु पर्ने उनकाे भनाइ छ । 

केही पदाधिकारीहरुले बाहिरका व्यवसायीहरुलाई आउन नदिनका लागि विधान स‌शाेधन गर्न नहुने बताइरहेकाे र अहिलेकै पदाधिकारीहरु बढुवा भएर जान खाेजेकाे इप्पानका कार्यसमिति सदस्य मिथुन पौडेलको भनाइ छ । इप्पानलाई व्यवस्थित बनाउनका लागि पनि विधान संशोधन गरेर बाहिर रहेका व्यवसायीहरुलाई समेट्नु पर्ने उनको भनाइ छ । धेरै संख्यामा व्यवसायीहरु विधान संशोधनको पक्षमा रहेको उनले बताए । 

 नेतृत्व सर्वसम्मत हुने सम्भावना कति ? 

नेतृत्व चयनका लागि हुने इप्पानको यो महाधिवेशनमा र्दुइ पक्ष बीच प्रतिप्रर्धा हुने देखिन्छ । दुवै पक्षले चुनावका लागि तयार रहेको बताएका छन् । सर्वसम्मतकी लागि पनि कुरा भइरहेको व्यवसायीहरुको भनाइ छ । सर्वसम्मति गरेर व्यवसायीहरुमा सकारात्मक सन्देश दिनु पर्ने केही व्यवसायीको भनाइ छ ।  

दुवै पक्ष चुनावी मर्जाबन्दीमा रहेकाले अहिलेको अवस्थामा नेतृत्व सर्वसम्मत हुने सम्भावना निकै कम रहेको व्यवसायीहरुको भनाइ छ । सर्वसम्मत नभएको अवस्थामा लोकतान्त्री प्रक्रिाय अनुसार नेतृत्व चयन हुने उनीहरुले बताउने गरेका छन् । वरिष्ठ ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपानेले बलियो इप्पान बनाउन लागि सक्षम नेतृत्व आवश्यक रहेको बताए । सरकारसँग डिल गर्नका लागि पनि बलियो इप्पान निर्माण गुर्न पर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको