कालंगा हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँडको मिति सार्वजनिक गरिएको छ । कम्पनीको आईपीओ बुधबार बाँडफाँड हुने भएको हो ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड आईपीओ बुधबार बिहान बाँडफाँड गर्ने गरी तयारी भइरहेको जनाएको हो । कम्पनीले २८ लाख ७० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेको थियो । आईपीओमा २ लाख ८७ हजार जनाले १०÷१० कित्ताका दरले सेयर हात पार्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस