Like us!
Follow us!
Connect us!
Watch us!

दुई महिनादेखि नेतृत्व बिहीन सेबोन, आईपीओ स्वीकृतिमा ब्रेक, अध्यक्ष नियुक्तिको फाइल मन्त्रिपरिषदमा

अर्थ संसार

आइतबार, २४ जेठ २०८३, १३ : १४ मा प्रकाशित

दुई महिनादेखि नेतृत्व बिहीन सेबोन, आईपीओ स्वीकृतिमा ब्रेक, अध्यक्ष नियुक्तिको फाइल मन्त्रिपरिषदमा

सेयर बजारको नियामकीय निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) नेतृत्व (अध्यक्ष) बिहीन भएको करिब दुइ महिना पुग्न लागेको छ । तत्कालिन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछी बोर्ड पूर्णकालिन अध्यक्ष बिहीन बनेको हो । 

श्रेष्ठले वैशाख ४ गते राजीनामा दिएका थिए । अहिले दैनिक कामकाजको लागि अर्थमन्त्रालयका सहसचिवले अध्यक्षको हैसियतले काम गरिरहेका छन् । तर श्रेष्ठ अध्यक्ष हुनु भन्दा दुई दिन अघि वैशाख २ गते ३ वटा कम्पनीले आईपीओ जारी गर्ने स्वीकृति पाएका थिए । त्यस पछिका दिनमा कुनै पनि कम्पनीले आईपीओ जारी गर्नका लागि अनुमति पाएका छैनन् । अहिले पनि बोर्डमा धेरै कम्पनीहरु आईपीओ स्वीकृतिको प्रतिक्षामा रहेका छन् । 
अहिले बोर्डको पाइलाइनमा रहेका कम्पनीको संख्या १०४ पुगेको छ । १०४ वटा कम्पनीको ४७ करोड २८ लाख ९४ हजार १६३ कित्ता सेयरको ६९ अर्ब ३० करोड ७७ लाख ४५ हजार १६९ कित्ता सेयर आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने स्वीकृतिको प्रतिक्षामा रहेका छन् । तर, धितोपत्र बोर्डमा करिब २ महिनादेखि अध्यक्ष नहुँदा विभिन्न क्षेत्रका यी कम्पनीहरुले आईपीओको स्वीकृति पाउन सकेका छैनन् । 

अध्यक्ष नियुक्तिमा सरकारकै ढिलाइ 

बोर्डको अध्यक्ष नियुक्ति गर्नका लागि सरकारले नै ढिलाइ गरिरहेको छ । मन्त्रिपरिषदमा अध्यक्ष सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको लामो समय भइसकेको छ । तर, सरकारले नियुक्ति गर्न भने सकेको छैन । सिफारिस समितिले धितोपत्र बोर्डको अध्यक्षको लागि जेठ ८ गते नै तीन  जनाको नाम सिफारिस गरिसकेको छ । तीन जानाको सिफारिस मन्त्रिपरिषदमा पनि पुगिसकेको छ । 

अध्यक्षका लागि तीन  जनाको नाम सिफारिस पछि तीन पटक मन्त्रिपरिषदको बैठक बसिसकेको छ । एउटा बैठक आगामी आर्थिक वर्षको बजेट स्वीकृतिका लागि बसेको भए पनि बाँकी दुई बैठकमा पनि यो विषयमा कुनै पनि निर्णय हुन सकेन् । मन्त्रिपरिषदको बैठक जेठ ११ गते, १५ गते र १९ गते बसेको थियो । १५ गतेको बैठकले बजेट स्वीकृत गर्ने बाहेक केही पनि निर्णय गरेन् । बाँकी दुई वटा बैठकमा भने विभिन्न निर्णयहरु भएका थिए । ती बैठकमा धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विषयमा कुनै पनि निर्णय हुन सकेन् । 

६९ अर्ब बढीको आईपीओ पाइलाइनमा 

अहिले पनि धितोपत्र बोर्डमा ६९ अर्ब भन्दा बढीको आईपीओ पाइपलाइनमा रहेको छ । धितोपत्र बोर्डका अनुसार अहिले १०४ कम्पनीको ६९ अर्ब ३० करोड ७७ लाख ४५ हजार १९६ रुपैयाँ बराबरको ४७ करोड २८ लाख ९४ हजार १६३ कित्ता आईपीओ स्वीकृतिको प्रतिक्षामा रहेको छ । पाइपलाइनमा रहेका कम्पनीमध्ये सबै भन्दा बढी हाइड्रोपावर क्षेत्रका रहेका छन् । अहिले बोर्डमा आइपीओको पर्खाइमा रहेका जलविद्युत कम्पनीको संख्या ३४ वटा रहेको छ । हाइड्रोपार क्षेत्रको मात्रै १७ करोड १४ लाख ८३ हजार ७३६ कित्ता सेयरको १७ अर्ब ५० करोड ३१ लाख ५ हजार ४३६ रुपैयाँ मूल्यको आईपीओ पाइपलाइनमा रहेको छ । 

त्यस्तै होटल तथा पर्यटन समूहका १८ कम्पनीको ५ करोड ८२ लाख १३ हजार ९३० कित्ता सेयरको ६ अर्ब ४५ करोड १३ लाख ९३ हजार रुपैयाँको आईपीओ पाइपलाइनमा नै अड्कीएको छ । त्यस्तै इन्भेष्टमेन्ट समूहका ५ कम्पनीको २ करोड १४ लाख ३७५ कित्ता सेयरको ३ अर्ब ४१ करोड ६० लाख ३७ हजार ५०० रुपैयाँ, उत्पादन तथा प्रसोधन समूहका ३० कम्पनीका १६ करोड ६४ लाख २५ हजार ५३ कित्ता सेयर स्वीकृतिको प्रतिक्षामा रहेको छ । यो समूहको मात्रै ३५ अर्ब ३५ करोड २२ लाख ८८ हजार ६१० रुपैयाँको आईपीओ बोर्डबाट अनुमतिको पर्खाइमा रहेको छ । 

त्यस्तै माइक्रो इन्स्योरेन्स समूहका ३ कम्पनीको ६७ लाख ५० हजार कित्ताको ६७ करोड ५० लाख रुपैयाँ र अन्य समूहका १४ कम्पनीका ४ करोड ८६ लाख २६ हजार ६९ कित्ता आईपीओ पाइपलाइनमा रहेको छ । यो क्षेत्रका कम्पनीहरुको मात्रै ५ अर्ब ९० करोड ९९ लाख २० हजार ६५० रुपैयाँको आईपीओ पाइपलाइनमा रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको