Like us!
Follow us!
Connect us!
Watch us!

'बीपी कोइरालाको जुत्तामा खुट्टा हालेको छु, देशको चिन्तन मूल दायित्व हो'

अर्थ संसार

आइतबार, ०३ जेठ २०८३, १५ : ५० मा प्रकाशित

'बीपी कोइरालाको जुत्तामा खुट्टा हालेको छु, देशको चिन्तन मूल दायित्व हो'

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेस अहिले आन्तरिक विवादभन्दा देशका गम्भीर मुद्दामा केन्द्रित हुनुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीभित्रको समस्याभन्दा राष्ट्रका चुनौतीहरू ठूलो भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने टिप्पणी गरे।

कांग्रेसमा धेरै व्यक्ति लामो लडाइँ लडेर आएको बताउँदै उनले त्यो लडाइँ देश र लोकतन्त्रका लागि रहेको बताए ।

सभापति थापाले भने,‘मैले आज बीपी कोइरालाले लगाउनुभएको जुत्तामा खुट्टा हालेको छु । यो जुत्ता सबैभन्दा महँगो, बलियो, भरपर्दो हो। यो जुत्तामा खुट्टा हालेको कांग्रेसको सभापतिले देशको समस्याको चिन्तन गर्ने कि घर झगडाको ?यहाँ धेरै लडाइँ लडेर, यति धेरै मानिसको जीवन र जवानी गएको छ यसभित्र, हामीहरूको त केही पनि होइन, हामी एउटा कारण कि लोकतन्त्र, त्यहाँभित्र नागरिकको स्वतन्त्रता हुन्छ, नागरिकको आत्मसम्मान हुन्छ, नागरिकको सहभागिता हुन्छ र त्यसैबाट नागरिकको जीवनमा परिवर्तन आउँछ, परिवर्तनको त्यो बाटो सम्भव छ भनेर।'

देशका मुल मुद्दामा पार्टीलाई ठीक ठाउँमा उभ्याउनका लागि कांग्रेसलाई तयार बनाउन पार्टीभित्र छलफल गर्ने र समर्थकलाई बताउनुपर्ने उनले बताए  ।

‘मैले विशेष महाधिवेशन गर्नुपर्छ भन्दैगर्दा मेरो तर्क त्यही थियो, को हो नेपाली कांग्रेस ? कांग्रेस भनेर हामी संगठनको संरचनाभित्र बसेको मान्छे मात्रै हौं भन्न पाउँछौँ ?,’ उनले प्रश्न गरे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको