Like us!
Follow us!
Connect us!
Watch us!

पाल्पामा चार उद्यमी सम्मानित

मंगलबार, २८ साउन २०७६, ११ : ०० मा प्रकाशित

पाल्पामा चार उद्यमी सम्मानित

 

अर्थ संसार, कृषि र पशुपालनका क्षेत्रमा उल्लेखनीय योग्दान गरेका पाल्पाका चार युवा सम्मानित हुनुभएको छ । सम्मानित हुनेमा पाल्पा जिल्ला तानसेन नगरपालिका–५ का पुजन कार्की, तानसेन–८ का दुर्गाबहादुर खाँण, तानसेन–९ का विष्णुप्रसाद भण्डारी, तानसेन–१२ का रुकवीर रेश्मी रहनुभएको छ ।

तानसेन युवा परिषद्ले २०औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर उत्कृष्ट चार उद्यमीलाई सम्मानित गरेको हो । सम्मानित हुनुहुने उद्यमीलाई तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।

सम्मानित उद्यमी विष्णुप्रसाद भण्डारी र दुर्गाबहादुर खाँणले आफूहरुले व्यवसाय शुरु गर्दा अप्ठ्यारो अवस्था छिचोल्दै अहिले स्वरोजगार बन्न सफल बनेको बताउनुभयो । मेहनत र परिश्रम गरेर स्वदेशमा स्वरोजगार सिर्जना गर्न सकिने भन्दै उहाँहरूले त्यसका लागि पेशा व्यवसायमा निरन्तरता आवश्यक रहने बताउनुभयो ।

नगरपालिका प्रमुख शाहीले हरेक व्यवस्था परिवर्तनमा निर्णायक भूमिका उल्लेखनीय रहेकोले युवाले अब आर्थिक क्रान्ति गर्न उद्यमी बन्न आवश्यक रहेको औँल्याउनुभयो । बेरोजगार युवा विस्तारै उद्यमशील हुनुपर्ने र त्यसका लागि तानसेन नगरपालिको सहयोग गर्न तयार रहेको प्रमुख शाहीको भनाइ थियो । तानसेन युवा परिषद्का अध्यक्ष गुराँस आत्रेयले उद्यमी युवालाई सम्मान गर्दा समाजमा उद्यम व्यवसायमा युवाको आकर्षण बढाउन यस्ता कार्यक्रम प्रोत्साहन बन्ने बताउनुभयो ।

ग्रामीण आर्थिक विकास सङ्घ (रेडा) पाल्पाका लीला कार्कीले नगरपालिका क्षेत्रभित्रका युवालाई स्वरोजगार बनाउन राज्यले सहुलियत कर्जा प्रवाह गरेकाले सोहीअनुसार सदुपयोग गर्न आवश्यक रहेको बताउनुभयो । दायित्व नेपालका डा पुकार मल्लले युवा उद्यमी बने मात्र समृद्ध नेपालको सपना पूरा हुने बताउनुभयो ।

नगरपालिकाले स्वरोजगार बनाउन रु एक करोडसम्म बिनाधितो कर्जा प्रवाह गर्न नेपाल बैंक पाल्पासँग सम्झौता गरी काम अघि बढाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको