अर्थ संसार, काठमाण्डौं - देशको अर्थतन्त्र बलियो बनाउन सरकारले युवा उद्यमशीलतामा लगानी बढाउनु पर्ने निकर्षसहित दुई दिने नेपाल युवा उद्यमशीलता सम्मेलन २०१९ सम्पन्न भएको छ ।
४३ जिल्लाका ५०० युवा प्रतिनिधिहरुले उठाएका मागहरुलाई समेटेर ११ बुदें घोषण पत्र जारी गरिएको हो । उद्यम गर्न चाहने युवालाई सरकारले पहिचान गरी निसर्त लगानी गर्नुपर्ने, आइडिया बैंक स्थापना गर्नुपर्ने, बिनोधितो लोन र ब्याज अनुदानको झन्झटीलो प्रक्रिया अन्त्य गर्नुपर्ने, सरकारले युवा उद्यमशीलताको विकासका लागि सञ्चालन गरेका कार्यक्रमहरु एकद्धार प्रणालीबाट हुनुपर्ने र सेवा, सुविधा र अनुदानको कार्यक्रम पारदर्शी हुनुपर्नेमा सम्मेलनले निष्कर्ष निकालेको छ ।
प्रदेश ३ सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय र विशाल मिडिया ग्रुपको आयोजना तथा आईएमई फाउण्डेसनको सह आयोजना रहेको सम्मेलनबाट प्राप्त उपलब्धीबारे समापन सत्रमा बोल्दैं सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेले उद्यम गर्न चाहने युवाहरुको बिजनेश प्लानमाथी सरकार र निजि क्षेत्र लगानी गर्न तयार हुनुले युवाहरुमा उत्साह थपेको र आगामी दिनमा नयाँ स्टाटप कम्पनी खोल्न यसले सहयोग पुयाउने बताउनु भयो ।
समापन सत्रमा संघीय सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल बलदेवले बिगतका कमिकमजोरी र गलत प्रबृतिका कारण युवाहरुले बिदेश पलान हुनुपरेको चर्चा गदैं दुई तिहाई प्राप्त यो सरकारले ब्यवस्थीति योजनाका साथ युवाहरुको आइडियामाथी लगानी गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । समापन सत्रमा नेपाल उद्योग बाणीज्य महासंघका उपाध्यक्ष एवं आईएमई गु्रपका अध्यक्ष चन्द्र ढकालले नयाँ युवाहरुको सोच माथी लगानी बढाउने र सरकारले उद्यम गर्न चाहने युवालाई सहजिकरण गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले उद्यमी बन्न त्यति सहज नभएको उल्लेख गदैं ठुला भन्दा ठुला चुनौतीको सामना गर्न सक्ने युवा मात्र सफल उधमी बन्ने बताउनु भयो । सम्मेलनमा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, अर्थमन्त्री डा. युवराज खतिवडा, सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटा, योजना आयोगका उपाध्यक्ष डा. पुष्प कडेँल, पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, संकरप्रसाद कोइराला, प्रदेश ३ उधोगमन्त्री अरुण नेपाल, पुर्व उद्योगमन्त्री महेश बस्नेत, उद्योग सचिव यमकुमारी खतिवडा, बरिष्ठ उद्यमी हरीभक्त सर्मा, चन्द्र ढकाल, युवा उद्यमी हेमराज ढकाल, लक्ष्मण के.सी, दिलिप अग्रवाल, बैंकर अनिलकेशरी शाह, अनुपमा खुन्जेली, प्रविन बस्नेतलगायत ४० भन्दा बढि स्पीकरले आफनो प्रस्तुती दिनु भएको थियो ।
सम्मेलनमा उद्यम गर्न चाहने युवाहरुलाई लक्षित गरी विशाल फाउन्डेशनले प्रकाशन गरेको युवा उद्यमशीलता पुस्तकको बिमोचन समेत गरीएको थियो ।
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस