Like us!
Follow us!
Connect us!
Watch us!

खुत्रुकेको पैसाले मानव सेवा आश्रममा दर

सोमबार, ०२ भदौ २०७६, १७ : ४० मा प्रकाशित

खुत्रुकेको पैसाले मानव सेवा आश्रममा दर

अर्थ संसार, पोखरा–  तीजको दरका नाममा अनावश्यक खर्च र तडकभडक देखाउने प्रवृत्ति बढ्दै गएका बेला यहाँको एक महिला समूहले भने खुत्रुकेको पैसाबाट मानव सेवा आश्रमका आमा तथा दिदीबहिनीलाई दर खुवाएको छ ।

पोखरा महानगरपालिका– १० गीता शान्ति मार्गस्थित महिला समूहमा आबद्ध दिदीबहिनीले आफ्नो खुत्रुकेको पैसाले छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रित ९२ आमा तथा दिदीबहिनीलाई दर खुवाउनाका साथै    ३४ जनालाई साडीसमेत उपहार दिएका थिए  । 

संस्थाका ६५ सदस्यले बचाएर राखेको पैसा सङ्कलन गरी एकल र असहाय वृद्धालाई दर खुवाइएको संस्थाका सचिव शान्ति सुवेदीले जानकारी दिनुभयो ।     

उक्त समूहले उदाहरणीय काम गरेको र यो अरुका लागि पनि अनुकरणीय हुने पोखरा–१० का वडा सदस्य दीपकबहादुर थापाले बताउनुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको