Like us!
Follow us!
Connect us!
Watch us!

'१० प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र -२०८६' आजबाट बिक्री खुला

अर्थ संसार

मंगलबार, २८ माघ २०७६, ०८ : ५५ मा प्रकाशित

'१० प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र -२०८६'  आजबाट बिक्री खुला

अर्थ संसार, काठमाडौं– नेपाल एसबीआई बैंकले आज मंगलबारदेखि ऋणपत्र बिक्री खुला गरेको छ ।बैंकले २ अर्ब ५० करोड रुपैयाँबराबरको १० प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र २०८६ निश्कासन गरेको हो ।

प्रतिकित्ता १००० दरका कुल २५ लाख इकाइको ऋणपत्रमध्ये १५ लाख इकाइ ऋणपत्रले हुन आउने कुल १ अर्ब ५० करोड ऋणपूँजी रकम व्यक्तिगत तबरबाट बिक्री गरिने तथा १० लाख इकाइ ऋणपत्रले हुने आउने कुल १ अर्ब ऋणपूँजी रकम ९सोमध्ये ५ प्रतिशत अर्थात ५० हजार इकाइ ऋणपत्र सामूहिक लगानी कोष लागि छुटाइएकोसमेत० सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

ऋणपत्रमा  छिटोमा फागुन २ गतेसम्म र ढिलोमा फागुन २८ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । न्यूनतम २५ इकाइ र अधिकृतम १० लाख इकाइसम्म आवेदन दिन पाइनेछ ।

१० वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतको दरले ब्याज पाउनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको