सुनसरीमा भएको दुई समुदायबीचको झडपको असर सिरहा जिल्लामा पनि देखिएको छ। सिरहामा दुई पक्षबीच भएको झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
कर्फ्यु आदेश जारी भए पनि प्रदर्शनकारीहरू सडक छाड्न मानेका छैनन्। प्रदर्शन उग्र बन्दै गएपछि तोडफोड र आगजनीका घटना बढेका छन्। स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर प्रदर्शनका क्रममा दुई जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उपचारका लागि स्थानीय अस्पताल लगिएको छ।
केही समयअघि प्रदर्शनकारीहरूले एक मोटरसाइकल ग्यारेजभित्र रहेका सवारीसाधनहरू बाहिर निकालेर आगजनी गरेका थिए। प्रहरीका अनुसार सो आगजनीमा परी ग्यारेजमा राखिएका ११ वटा मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस