अर्थ संसार, काठमाडौं – समाज लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण शेयर (आइपिओ) आज ठिक २ बजे क्यापिटलको केन्द्रिय कार्यालयमा हुने भएको छ । क्यापिटलको एक कर्मचारीले भने-' बाँडफाँड २ बजेदेखि शुरु गर्ने भनिएको छ, क्यापिटलको फेसबुक पेजबाट लाइभ गर्नेछौ ।'
उक्त आइपिओकाे प्रि अलोटमेण्ट शुक्रबार नै सम्पन्न भएकाे थियाे । प्रि अलोटमेण्ट गरेकाे ३ दिन पश्चात बाँडफाँड गर्नुपर्ने प्रावधान रहेकाले आज (साेमबार) बाँडफाँड गर्न लागिएकाे हाे ।
यसैगरी, निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल ले गरेको प्रि अलोटमेण्टमा ८ हजार ७० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । मागभन्दा बढी आवेदन परेकाले उनीहरूलाई गोलाप्रथाद्वारा शेयर बाँडफाँड गरिएको हो। निष्कासनमा योग्य आवेदक ५ लाख ४७ हजार ३ सय ७० जना रहेका थिए ।
संस्थाले भाद्र ४ गते बिहीबारबाट ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८० हजार ७ सय कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएकाे थियाे ।
कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरेकाे छ ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस