Like us!
Follow us!
Connect us!
Watch us!

१६ अंकले घट्यो नेप्से ,कारोबार ३ अर्ब ३८ करोडमा सीमित

अर्थ संसार

विहीबार, १४ साउन २०८३, १५ : ११ मा प्रकाशित

१६ अंकले घट्यो नेप्से ,कारोबार ३ अर्ब ३८ करोडमा सीमित

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२९ अकंले घटेर २६७२.५८ बिन्दुमा बन्द भएको छ । आज ३३७ कम्पनीको ७५ लाख ४८ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोडको कारोबार भएको हो ।

आज १३ वटै उपसूचक राताम्य भएका छन् । आज विकास बैंकको सर्वाधिक १.१२ प्रतिशतले घटेको छ । बिहिबार ५९ कम्पनीको सेयर मूल्य बढेको छ भने २०६ कम्पनीको घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । 

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको