Like us!
Follow us!
Connect us!
Watch us!

सगुनको ‘मिनी-आइपीओ’ मा लगानी गर्ने अवसर  ! मौकाको फाइदा उठाउन कम्पनीको आग्रह

बुधबार, १७ भदौ २०७७, ०४ : ४३ मा प्रकाशित

सगुनको ‘मिनी-आइपीओ’ मा लगानी गर्ने अवसर  ! मौकाको फाइदा उठाउन कम्पनीको आग्रह

अर्थ संसार,  वाशिंगटन डीसी- संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सोशल कमर्स स्टार्ट-अप कम्पनी सगुनले निश्काशन गरेको Reg A + (मिनी आइपीओ)  मा  लगानी गर्नु भयो ? नगरेको भए आजै गर्नुहोला ।

सुगनले जारी गरेको आइपीओमा आवेदन दिने दिन अब धेरै छैन्  । यो आइपीओमा आवेदन इच्छुक लगानीकर्ताले  अवसर सेप्टेम्बर अन्त्यसम्म मात्रै आवेदन दिन सक्नेछन् । 

संयुक्त राज्य अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिशन (SEC) ले यसै वर्षको शुरुमा  सगुनलाई मिनी आइपीओ जारी गर्न अनुमति दिएको थियो, जस अनुसार सगुनले नेपाल, उत्तर कोरिया र इरान बाहेक संसारका जुनसुकै मुलुकका नागरिकलाई प्रति शेयर ३० डलरका दरले ग वर्गको धितोपत्र बिक्री गर्न पाउने छ। 

नेपाल सरकारले विदेशी मुद्रामा देश बाहिर रहेका कम्पनीहरूको शेयर खरिद गर्न प्रतिबन्ध लगाएको छ भने अमेरिकी कानूनले उत्तर कोरिया र इरानका नागरिकहरुलाई अमेरिकन कम्पनीहरुको शेयर खरिद गर्न रोक लगाएको छ। 
'सन् २०२० मा कम्पनीले धेरै  उत्साह जनक प्रगति गरेको छ।', सगुन इंकका संस्थापक गोविन्द गिरीले भने।

'फलस्वरूप यो वर्ष अमेरिका तथा अन्य देशका संस्थागत लगानीकर्ताहरुले सगुनसंग जोडिन रुचि देखाउदै आएका छन् ।  त्यसैले हामीले दोश्रो  मिनी आइपीओ अन्तर्गतको शेयर बिक्री सेप्टेम्बर ३०, २०२० अर्थात् अबको एक महिना सम्म मात्रै खुला गर्ने निधो गरेका छौं।  सोहि अवधि भित्र शेयर किनेर  सगुनको निकट भविष्यमा हुन सक्ने आकर्षक प्रतिफल प्राप्त गर्ने बाटो सुनिस्चित गर्न हामी हाम्रा सबै शुभचिन्तकहरुलाई आग्रह गर्दछौं',उनले भने। 

आउँदो वर्षको अन्त्य सम्ममा सगुनले अमेरिकाको बैकल्पिक दोश्रो धितोपत्र (Alternative Secondary Market (ATS)  बजारमा सहभागी हुने योजना बनाएको छ ।

 लगानीकर्ताले कहाँबाट र कसरी आवेदन दिने ? 

सगुनले जारी गरेको आइपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले  https://www.sagoon.com/invest  मा गएर सगुनको (Sagoon) का शेयरहरु किन्न सक्नुहुनेछ । 

सगुनप्रति प्रति बढ्दो आकर्षण 

  •   गएको जनवरी २०२० यता क्बनययल प्रयोगकर्ताहरुको संख्या ४५ लाखले थपिएको छ भने अहिलेसम्म विश्वव्यापी कुल प्रयोगकर्ताहरुको संख्या ८१ लाख नाघेको छ।  

  •   जनवरी २०२० यता क्बनययल म्रा प्रयोगकर्ताहरुले १.२ अर्ब स्मार्ट कोइनहरु कमाएका  छन् जसमध्ये २२ करोड ८० लाख स्मार्ट कोइनहरु किनमेल गर्न खर्च गरिसकेका छन्।

व्यापारिक साझेदारहरु

नेपाल तथा भारतमा प्रयोगकर्ताहरु माझ सगुन लोकप्रिय बन्दै जाँदा त्यहाँ रहेका प्रतिष्ठित व्यवसायहरुसँग सगुनको साझेदारी पनि बढी रहेको छ।  नेपालमा प्रभु ग्रुप, भाटभटेनी, फेवा बजार संग सहकार्य भै सकेको छ भने मिनिसो, नबिल बैंक र अमेजन इन्डियासंग सहकार्यको प्रक्रिया अगाडी बढेको छ ।

सगुनले आउँदो चार महिना भित्र च्याटिंग, मनोरन्जनात्मक भिडियो र किनमेल गर्न सघाउने फिचरहरु सहितका थुप्रै उत्पादनहरु बजारमा ल्याउने तयारी गरिरहेको छ। 

'सगुनको विश्वव्यापी टिममा हालै प्रतिष्ठित तथा व्यावसायिक व्यक्तिहरु जोडिनु भएको छ, जसबारे हामी छिट्टै जानकारी गराउने छौं। हाम्रा प्रयोगकर्ताहरुका लागि राम्रो उत्पादन उपलब्ध गराउन हाम्रो टिमले रात दिन काम गरिरहेको छ। अहिले हरेक महिना दस लाख नयाँ प्रयोगकर्ताहरु सगुनसँग जोडिइ रहेका छन्  र नेपालमा सबैभन्दा बढी डाउनलोड गरिने एपहरु मध्ये सगुन पाँचौं स्थानमा पुगेको छ।  हामीप्रति स्नेह र विश्वास देखाउनु हुने सबै प्रति हामी हृदयदेखि नै आभार व्यक्त गर्दछौं,' सगुनका संस्थापक गिरीले भने।

यो पनि हेुर्नहोस्

अब 100 रुपैयाँमा IPO किन्ने दिन गए | बुक बिल्डिङ्ग भनेको के हो ? सम्पूर्ण जानकारी | Lilanath Ghimire

Book Building System मा लगानीकर्ताको यस्तो भनाई | Radha Pokharel & Nayan Bastola

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको