Like us!
Follow us!
Connect us!
Watch us!

समाज लघुवित्तको आइपिओ बाँडफाँट : ८ हजार ७० जना भाग्यमानी, अभागी कति ?

सोमबार, १५ भदौ २०७७, १४ : ५७ मा प्रकाशित

समाज लघुवित्तको आइपिओ बाँडफाँट : ८ हजार ७० जना भाग्यमानी, अभागी कति ?

अर्थ संसार, काठमाडौं–  समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले निश्काशन गरेको आइपिओ  सोमबार प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नारायणचौर नक्सालमा बाँडफाँट भएको छ । 

आवेदन दिएको मध्ये ८ हजार ७० जना लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पारेका छन् । यो आइपीओमा कुल ५ लाख ६३ हजार ९९८ जनाले १ करोड १९ लाख ६२ हजार ७०० कित्ताका लागि आवेदन दिएका थिए ।

जसमध्ये ५ लाख ३९ हजार ३०० जना आवेदकको हात खाली भएको छ।आइपीओमा ५ सय जनामार्फत परेको ९ हजार ७६० कित्ता शेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

संस्थाले  भाद्र ४ गते बिहीबारबाट ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८० हजार ७ सय कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएकाे थियाे ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको