Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सका शेयरधनीलाई अत्यन्तै जरूरी सूचना

निशा हुमाँगाई

बुधबार, १७ भदौ २०७७, १० : ०६ मा प्रकाशित

समृद्धि फाइनान्सका शेयरधनीलाई अत्यन्तै जरूरी सूचना

अर्थ संसार, काठमाडौं – समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्ना आधारभूत शेयरधनीहरुलाई हकप्रद शेयर सम्बन्धी अत्यन्त जरूरी सूचना प्रकाशन गरेकाे छ ।

कम्पनीले धिताेपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ काे दफा १२ काे उपदफा ४ बमाेजिम संस्थाका आधारभूत शेयरधनीहरुलाई सूचना प्रकाशित भएकाे ७ दिन भित्र आफुले लिनुपर्ने हकप्रद शेयर बराबरकाे रकम फाइनान्सकाे खाता नम्बर ९१६०५०१४५ मा जम्मा गर्न आग्रह गरेकाे हाे । 

कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रयाेजनार्थका लागि भदाै १२ गते, शुक्रबार बुक क्लोज गरेकाे थियाे । त्यसैले, भदौ ११ गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।

फाइनान्सले १ बराबर २ को अनुपातमा ३६ करोड ३९ लाख ६० हजार ६ सय रूपैयाँ बराबरकाे ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद शेयर निष्कासन गर्न २०७६ साल फागुन २३ गते सेबाेनमा निवेदन दिएकाेमा बोर्डबाट भदौ २ गते अनुमति पाइसकेको छ । 

फाइनान्सकाे हकप्रद शेयर निष्कासन प्रक्रिया अब छिट्टै नै अघि बढ्नेछ ।  उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । 

त्यसैगरी, फाइनान्सले जारी गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष कमजोर रहेको देखाउँछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको