अथ संसार, काठमाडौ -धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से २५.५८ अङ्कले बढेर एक हजार ५१०.५७ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६.२५ ले बढेर ३०४.६० अङ्कमा पुगेको छ ।
कम्पनीको रोजाइको कम्पनीहरु
कारोबार रकमका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ६७ करोड ४२ लाख ४२ हजार २५४ मा खरिदबिक्री भयो ।
यस्तै शिखर इन्स्योरेन्सको रु १७ करोड ७५ लाख २८ हजार ५०२, नेशनल लाइफ इन्स्योरेन्सको रु १६ करोड ५१ लाख ९४ हजार २०६, नेपाल लाइफ इन्स्योरेन्सको रु १५ करोड ७५ लाख ५७ हजार ४५२, नेको इन्स्योरेन्सको रु १४ करोड ६७ लाख पाँच हजार ४०७, लाइफ इन्स्योरेन्स कम्पनी नेपालको रु १४ करोड ६० लाख १३ हजार ६८०, एनआइसी एसिया बैंकको रु ११ करोड ५२ लाख ८० हजार ८४५, शिवम् सिमेन्ट्स लिमिटेडको रु ११ करोड ४८ लाख नौ हजार ७८६, हिमालयन डिष्टिलरीको रु १० करोड ४६ लाख ५८ हजार ५४८ र नेपाल बैंकको शेयर रु आड करोड ८८ लाख ३९ हजार ३८५ मा खरिदबिक्री भयो ।
आज सबैभन्दा बढी पाँचथर पावर कम्पान्ट, जोशी हाइड्रोपावर रिडी हाइड्रोपावर, युनियन हाइड्रोपावर, अपि पावर, नाग्दी ग्रुप पावर, राधी विद्युत् कम्पनी र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका शेयर धनीले सर्वाधिक १०र१० तथा चिलिमे हाइड्रोपावर कम्पनी ९.९८ र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९७ प्रतिशतले कमाए ।
आज कुल चार अर्ब माथिको शेयर कारोबार भएको छ । स्टकका अनुसार आज कुल १८६ कम्पनीका ९६ लाख ८६ हजार नौ कित्ता शेयर रु चार अर्ब १८ करोड १० लाख ३६ हजार ११५ मा खरिदबिक्री भएको छ । कारोबार भएका १२ मध्ये दुई उपसमूहको शेयर मात्र ओरालो लागेको छ । बीमा उपसमूहको शेयर घटेको छ ।
निर्जीवन बीमा १२५.८९ र जीवन बीमा ८८.६८ अङ्कले घटेको छ । यस्तै बैंकिङ १९.७८, व्यापार १५.८४, होटल १.०२, विकास बैंक २६.४५, जलविद्युत् ९४.२२, वित्त ७.७५, उत्पादन ३१.४२, अन्य ३७.११, लघुवित्त १७।२८ र सामूहिक लगानी कोषको एकाइ ०.०८ अङ्कले बढेको छ ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस