Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ ले तोके बुकक्लोज मिति

निशा हुमाँगाई

विहीबार, १८ भदौ २०७७, १० : ०५ मा प्रकाशित

नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ ले तोके बुकक्लोज मिति

अर्थ संसार, काठमाडौं – नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्विटी फन्डले नगद लाभांश वितरण गर्ने प्रयाेजनार्थका लागि बुकक्लोज मिति ताेकेका छन् ।

दुवै फण्डले नगद लाभांश वितरण गर्नको लागि भाद्र २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हुन् ।  त्यसैले भाद्र २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

आर्थिक वर्ष २०७६/०७७ का लागि नबिल ब्यालेन्स फण्ड-२ का इकाईधनीहरूलाई कर सहित ९ प्रतिशतका दरले हुन आउने १० कराेड ८ लाख रूपैयाँ बराबरकाे प्रतिफल र नबिल इक्विटी फन्डका इकाईधनीहरूलाई कर सहित ६ प्रतिशतका दरले हुन आउने ७ कराेड ५० लाख रूपैयाँ बराबरकाे लाभांश वितरण गरिनेछ ।

हेर्नुहाेस् सूचना :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको