अर्थ संसार, काठमाडौं– लगानीकर्ताले नाफा बुक गर्दा शेयर बजारमा सामान्य अंकले गिरावटा आएको छ ।विगत केही दिनअघि निरन्तर बजार बढ्दा फाइदा भएको रकमलाई लगानीकर्ताले खोजीमा हाल्न शेयर बेच्नेको चाप बढेसँगै शेयर बजार घटन् पुगेको हो । नेप्से १०.४५ अंकले घटेको छ । नेप्से इन्डेक्सपनि १५५२.४३ अंकबाट घटेर बजार बन्दा हुँदासम्म १४९९.९८ विन्दुमा आइपुगेको छ ।
क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.५४ अंकले घटेको छ । आइतबार १९१ वटा कम्पनीको ७० लाख ३८ हाजर ९९० कित्ता शेयर कारोबार हुँदा २ अर्ब ७८ करोड २३ लाख ७७ हजार ८८७ रुपैयाँको कारोबार भएको छ ।
कारोबार भएको १२ वटा समूहमध्ये १० वटा समूह राताम्मै भएको छ भने २ वटा समूह मात्र हरियाली छाएको छ ।
कारोबार भएको समूह मध्ये व्यापार समूह २२.६३ अंक, र सामूहिक लगानीकोष ०.०१ अंकले बढेको छ । उता, बैकिङ ८.१४ अंक, होटल २५.६५ अंक, विकास बैंक २०.८ अंक, जलविद्युत ५.७४ अंक, फाइनान्स २ अंक, निर्जीवन लाइफ इन्स्योरेन्स २५.६१ अंक, उत्पादन ४०.४३ अंक, अन्य १२.६५ अंक, माइक्रोफाइनान्स १०.२७ अंक र लाइफ इन्स्योरेन्स २६.३३ अंकले घटेको छ ।
बढ्ने कम्पनीहरु
घट्ने कम्पनीहरु
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस