Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार रिलायन्स लाइफको आइपिओ नेप्सेमा सूचीकृत हुने, ओपन  रेञ्ज  कति होला ?

अर्थ संसार

आइतबार, २१ भदौ २०७७, १७ : ०७ मा प्रकाशित

सोमबार रिलायन्स लाइफको आइपिओ नेप्सेमा सूचीकृत हुने, ओपन  रेञ्ज  कति होला ?

अर्थ संसार, काठमाडौं– रिलायन्स लाइफ इन्स्योरेन्को लिमिटेडको आइपिओ  भोली अर्थात सोमबार  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुने भएको छ।सोमबार सूचिकृत भएसँगै  यहि सातादेखि नै दोस्रो बजारमा कारोबार हुने नेप्सेले जनाएको छ ।  

इन्स्योरेन्सको शेयर  शेयरधनीको डिम्याट खातामा आरएलआई संकेतमा आएको हो। नेप्सेको अनुसार कम्पनीको पहिलो कारोबारको लागि न्यूनतम प्रतिकित्ता १०७ रुपैयाँदेखि अधिकतम ३२२ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज पाउने सक्ने देखिन्छ।

गत शुक्रबार बाँडफाँड गरिएकाे उक्त आइपिओमा ५ लाख ८९ हजार ४ सय ६४ जनाबाट आवेदन परेकामा १ हजार ९ सय ५५ वटा आवेदनहरु रद्द भएका थिए । गोलाप्रथाबाट बाँडफाँड गर्दा ५ लाख ६७ हजार जनाले १० कित्ताका दरले हात पारेका थिए भने २० हजार ५ सय ९ जना आवेदककाे हात खाली भएको थियाे । 

कम्पनी लिमिटेडले भाद्र ४ गते बिहीबारबाट ६३ करोड रूपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । ६३ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत कर्मचारीहरुका लागि र बाँकी ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेकाे थियाे ।

त्यसैगरी, कम्पनीले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सनराइज क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेकाे छ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको