अर्थ संसार, काठमाडौं– रिलाायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको शोयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भदौ २३ गते अर्थात मंगलबारदेखि कारोबार हुने भएको छ ।
शेयरधनीको हितग्राही खाता (डीम्याट) मा जम्मा भइसकेको उक्त कम्पनीको आइपिओ नेप्सेमा सोमवार सूचीकरण भएसँगै मंगलवारदेखि कारोबार गर्न सकिने भएको हो ।
कम्पनीकाे २ कराेड १० लाख कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो ।
मंगलवार स्पेशल प्रि–ओपनिङ सेसनमा पहिलो कारोबार भए नियमित कारोबार शुरु हुने नेप्सेको भनाइ छ । नेप्सेले उक्त कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०७. ९ देखि ३२२.७७ मूल्य रेञ्ज तोकेको छ ।
कम्पनी लिमिटेडले भाद्र ४ गते बिहीबारबाट ६३ करोड रूपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । ६३ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत कर्मचारीहरुका लागि र बाँकी ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेकाे थियाे ।
त्यसैगरी, कम्पनीले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सनराइज क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेकाे छ ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस