Like us!
Follow us!
Connect us!
Watch us!

१६ वटा कम्पनीको ४ करोड ४४ लाख कित्ता आइपिओ पाइपलाइनमा, कुन कम्पनीको कत्ति कित्ता (भिडियोसहित)

अर्थ संसार

बुधबार, २४ भदौ २०७७, ०५ : ५५ मा प्रकाशित

१६ वटा कम्पनीको ४ करोड ४४ लाख कित्ता आइपिओ पाइपलाइनमा, कुन कम्पनीको कत्ति कित्ता (भिडियोसहित)

अर्थ संसार, काठमाडौं–   अर्थ संसार, काठमाडौं कुनै पनि पव्लिक कम्पनीले जारी गर्ने साधारण शेयर (आइपिओ) जहिले पनि लगानीकर्ताको रोजाइमा पर्दछ । त्यसैले होला, नयाँ तथा पुराना लगानीकर्ता  आइपिओको बारेमा जानकारी लिन उत्साहित पनि हुन्छन् । आइपिओबाट अधिकांश लगानीकर्ताले राम्रो फाइदा लिएका छन् ।

प्रतिकित्ता १०० रुपैयाँ हालेको शेयर दोस्रो बजारमा कारोबार हुँदा सामान्यत २ देखि माथि हुने हुँदा लगानीकर्ताको चासो र चर्चाको विषय बन्ने गरेको छ । आज हामीले बजारमा नेपाल धितोपत्र बोर्डमा आइपिओ निश्काशनको लागि आवेदन इिइसकेको  र बोर्डको स्वीकृतिको लागि कुरीरहेका १६ वटा कम्पनीको बारेमा जानकारी दिने प्रयास गरेका छौं । हाम्रो पाठक वर्गले पढ्न र भिडियो दुवै हेर्न सक्नुहुनेछ ।

यतिबेला धितोपत्र बोर्डको पाइपलाइनमा ४ अर्ब ४५ करोड ५५ लाख २८ हजार ७ सय २० रुपैयाँ बराबरको ४ करोड ४४ लाख ७३ हजार ७४६ कित्ता आइपीओ शेयर  रहेको छ ।

त्यहाँ विभिन्न १६ वटा कम्पनीहरू आइपिओ निष्कासन गर्ने तयारीमा रहेका छन् । ती मध्ये अधिकांश जलविद्युत समूहका रहेका छन् भने केही इन्स्योरेन्स र केही अन्य कम्पनी पनि रहेका छन् ।

कम्पनीहरूको ५ लाख कित्ता देखी १ करोड ५० लाख कित्ता साधारण  शेयर (आईपीओ) निष्कासनको तयारीमा रहेका छन् ।

Upcoming IPOs l लगानी गर्ने अवसर नै अवसर l कुन-कुन कम्पनीका आइपिओ आउँदै छन् ? एक विशेष जानकारी

आइपिओ निष्कासनको तयारीमा रहेका कम्पनीहरू यस प्रकारका छन् :

१. हिमालयन हाइड्रोपावर लिमिटेड

हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कात्तिक २७ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम जनता क्यापिटल लिमिटेडले गर्नेछ ।

२.बिन्दवासिनी हाइड्रोपावर डे्भलपमेण्ट कम्पनी लिमिटेड

बिन्दवासिनी हाइड्रोपावर ड्ेभलपमेण्ट कम्पनी लिमिटेडले २५ करोड बराबरको २५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल माध ०१ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटल लिमिटेडले गर्नेछ ।

३. रु रु जलविद्युत परियोजना लिमिटेड

रु रु जलविद्युत परियोजना लिमिटेडले स्थायी बासी तथा सर्वसाधारणको लागि ८ करोड ९६ लाख ९५ हजार २ सय २० रुपैयाँ बराबरको ८ लाख १५ हजार ४ सय ११ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो जसमध्ये ४ लाख ७ हजार ७ सय ५ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा स्थायी बासीको लागि हो भने ४ लाख ७ हजार ७ सय ६ कित्ता शयेर प्रतिकित्ता १२० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि हो । कम्पनीले २०७७ साल असार २५ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमिटेडले गर्नेछ ।

४. डीस मीडीया नेटवर्क लिमिटेड 

डीस मीडीया नेटवर्क लिमिटेडले २३ करोड ८५ लाख ९२ हजार ९ सय बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

५.सुभम पावर लिमिटेड

सुभम पावर लिमिटेडडले ५ करोड ८० लाख ५८ हजार बराबरको ५ लाख ८० हजार ५ सय ८० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

६ ईर्मजीङ नेपाल लिमिटेड

.ईर्मजीङ नेपाल लिमिटेडले ५ करोड बराबरको ५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

७.तेरथुम पावर कम्पनी लिमिटेड

तेरथुम पावर कम्पनी लिमिटेडले स्थायी बासी तथा सर्वसाधारणको लागि १२ करोड बराबरको १२ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

८.चन्द्रागिरी हिल्स लिमिटेड

चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले स्थायी बासी तथा सर्वसाधारणको लागि १८ करोड ४० लाख ९१ ह्जार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

९. सीबीआईएल क्यापीटल लिमिटेड

सीबीआईएल क्यापीटल लिमिटेडडले ३ करोड बराबरको ३ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

१०. मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७ करोड ३६ लाख २८ हजार ६ सय बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

११. ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड

ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

१२.सीङगटी हाइड्रो इर्नजी लिमिटेड

सीङगटी हाइड्रो इर्नजी लिमिटेडले ४३ करोड ५० लाख बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

१३.मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेड

मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले १ अर्व ५० करोड बराबरको १ करोड ५० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

१४.जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० करोड बराबरको ३० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

१५. सानीमा जनरल इन्स्योरेन्स लिमिटेड

सानीमा जनरल इन्स्योरेन्स लिमिटेडले ३० करोड बराबरको ३० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

१​६. सीईडीबी हाइड्रोपावर डे्भलपमेण्ट कम्पनी लिमिटेड

सीईडीबी हाइड्रोपावर डे्भलपमेण्ट कम्पनी लिमिटेडले २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको