अर्थ संसार, काठमाडौं – महिला लघुवित्त वित्तीय संस्थाले सर्व साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ । संस्थाले प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँ दरका ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको आइपि जारी गर्ने भएको हो । आइपिओ जारी गर्नको लागि संस्थाको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नियुक्त भएको छ ।
उक्त नियुक्ती सम्बन्धी सम्झौता पत्रमा एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र महिला लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन् ।
त्यसैगरी, कम्पनीले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सनराइज क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेकाे छ ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस