Like us!
Follow us!
Connect us!
Watch us!

तीन लद्युवित्त कम्पनीले गरे लाभांश घोषणा,कसको शेयरधनी धेरै मख्ख ?

अर्थ संसार

मंगलबार, २३ भदौ २०७७, १३ : ३७ मा प्रकाशित

तीन लद्युवित्त कम्पनीले गरे लाभांश घोषणा,कसको शेयरधनी धेरै मख्ख  ?


अर्थ संसार, काठमाडौं–  गत आर्थिक वर्ष २०७६/०७७ को सञ्चित नाफाबाट कम्पनीका तीन वटा कम्पनीले लाभांश दिने घोषणा गरेका छन् ।  समता लघुवित्त वित्तीय संस्था लिमिटेड, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड  र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको हो ।  यी तीन वटै कम्पनीको संचालक समितिको बैठकले लभांश दिने निर्णय गरेका हुन् ।

समता लघुवित्त वित्तीय संस्था लिमिटेडको भाद्र ५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/०७७ को सञ्चित नाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बोनस शेयर र ६.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

त्यसै गरी  फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको भाद्र १० गते बुधबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ९.५० प्रतिशत बोनस शेयर र ४.१८४२ प्रतिशत नगद गरी कुल १३.६८४२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

यता, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको भाद्र २२ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को वितरण योग्य मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने  निर्णय गरेको छ ।


यी तीन वटै कम्पनीले घोषणा गरेको लाभांश नियामन निकायबाट स्वीकृती भई कम्पनीको साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको