Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बढ्यो, कारोबार घट्यो

अर्थसंसार

मंगलबार, २३ भदौ २०७७, १५ : ०३ मा प्रकाशित

नेप्से बढ्यो, कारोबार घट्यो

अर्थ संसार, काठमाडौं–  शेयर बजार (आज) मंगलबार  सामान्य अंकले बढेपनि कारोबार भने सोमबारको तुलनामा घटेको छ । सोमबार नेप्से १२.१७ अंकले घट्दा  २ अर्ब  १६ करोड ४९ लाख ३० हजार रुपैयाँको कारोबार भएको थियो । मंगलबार भने  नेप्से ७.३५ अंकले बढेर  बजार एक हजार ४९५.१५ मा पुगेको छ । 

कूल १९० वटा कम्पनीको ४१ लाख ८० हजार ८ सय १६ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ९८ करोड ३ लाख ६३  हजार ३ सय ६३ रुपैयाँको कारोबार भएको छ ।  क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत  ०.८३ अंकले बढेको छ । 

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे शेयर घटेकाे छ।

सामान्य अंकले बढेको बजारमा व्यापार ८१.३ अंक, विकास बैंक ७.०४ अंक, जलविद्युत २१.१ अंक, फाइनान्स ४.४९ अंक, नीर्जीवन  बीमा कम्पनी ७३.४३ अंक, उत्पादन ८०.६४ अंक अन्य १२.५६ अंक, माइक्रोफाइनान्स १९.१६ अंक, लाइफ इन्स्योरेन्स १८.५९ अंक र सामूहिक लगानी कोष ०.o१ अंकले बढेको  छ । उता, बैकिङ २.८५ अंकले र होटल समूह ४.९६ अंकले  घटेको छ ।

 बढ्ने कम्पनीहरु 


घट्ने कम्पनीहरु 


कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको