Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रदले ह्वात्तै बढ्यो नागरिक लगानी कोषको शेयर मूल्य

अर्थ संसार

मंगलबार, २३ भदौ २०७७, १५ : ५१ मा प्रकाशित

हकप्रदले ह्वात्तै बढ्यो नागरिक लगानी कोषको शेयर मूल्य

अर्थ संसार, काठमाडौं–  मंगलबार नागरिक लगानी कोषको शेयर मूल्य ह्वात्तै बढेको छ ।  ६.३४ प्रतिशले बढेको  शेयर मूल्यमा २०६ रुपैले बढेर प्रतिकित्ता ३ हजार ४५६ रुपैयाँ पुगेको छ ।  

हकप्रद शेयर निश्कासन गर्ने निर्णयसँगै नागरिक लगानीको कोषको शेयर  बजारमा किन्नेको चाप बढेको शेयरधनी शिवप्रसाद पौडलले बताए ।

अझै यस कम्पनीको शेयर मूल्य बढ्न सक्ने छ । मंगलबार नागरिक लगानी कोषको  १२ करोड २२ लाख ९६ हजार २७७ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार शेयर बजारमा धेरै कारोबार हुनेमा दोस्रो नम्वरमा रहेको  छ । पहिलो नम्वर नेपाल पनुर्बीमा कम्पनी रहेको छ । जसको २७ करोड ५५ लाख ३९ हजार ९६७ रुपैयाँको कारोबार भएको छ । 

मंगलबार नेप्से ७.३५ अंकले बढेको छ । १९० वटा कम्पनीको ४१ लाख ८० हजार ८ सय १६ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ९८ करोड ३ लाख ६३ हजार ३ सय ६३ रुपैयाँको कारोबार भएको छ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको