Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ अर्ब ५६ करोडको कारोबार, सिआइटीमा लगानीकर्ता किन आकर्षण ?

अर्थ संसार

बुधबार, २४ भदौ २०७७, १५ : ०९ मा प्रकाशित

नेप्सेमा २ अर्ब ५६ करोडको कारोबार, सिआइटीमा लगानीकर्ता किन आकर्षण ?

माथि हेरौं, आजको शेयर तालिका । 

अर्थ संसार, काठमाडौंं– बुधबार दोहोरो अंकले बढेको शेयर बजारमा कारोबार रकममा भने एकाएक उछाल आएको छ ।  नेप्से १३.०५ अंकले बढेको छ । कारोबार भने  २ अर्ब ५६ करोड ३४ लाख १५ हजार १८६ रुपैयाँको भएको छ । 

नेप्से ०.८७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.१९ अंकले बढेर २९९.६६ मा पुगेको छ । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे शेयर भने घटेकाे छ ।

नागरिक लगानी कोषमा किन झुमिए लगानीकर्ता ?

बुधबार पनि नागरिक लगानी कोष (सिआइटी) को शेयर किन्न  नेप्सेमा लगानीकर्ताबी हानथाप नै चलेको छ । बुधबार मात्रै १७६ रुपैयाँले बढेर प्रकित्ता ३ हजार ६३२ रुपैयाँ पुगेकको छ । मंगलबाार पनि २०६ रुैयाँले बढेको थियो । हकप्रद शेयर निश्कासन गर्नेको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै नागरिक लगानीको कोषको शेयर  बजारमा किन्नेको चाप बढेको शेयरधनी ब्रोकहरु बताउँछन् । बुधबार नागरिक लगानी कोषको  १८ करोड ६४ लाख ७ हजार २७८० रुपैयाँको कारोबार भएको छ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको