अर्थ संसार, काठमाडौं– शिखर इन्सुरेन्स कम्पनी लिमिटेडले हकप्रद हकप्रद शेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ ।
कम्पनीले २०७६ फागुन १२ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकप्रद शेयर हितग्राही खातामै जम्मा गरेको हो ।
उक्त समयपछि डिम्याट गर्नेहरुको हकप्रद पनि खातामै जम्मा गरिदिने तयारी भइरहेको शिखरले जनाएको छ । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले भने शेयर डिम्याट गरेपछि मात्र हकप्रद पाउने छन् ।
यसको लागि कम्पनीले सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । यस्तै, शेयर धितोमा राखी कर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेश गरेपछि मात्र शेयर खातामा पाउनेछन् ।शिखर इन्सुरेन्स असार १४ गतेबाट साउन १४ गतेसम्म ३०५ हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस