Like us!
Follow us!
Connect us!
Watch us!

ई-व्यापार संघ नेपालको अपिल

अर्थ संसार

सोमबार, २० बैशाख २०७८, १५ : ३२ मा प्रकाशित

ई-व्यापार संघ नेपालको अपिल

महामारीको समयमा भौतिक दुरि कायम गरि डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै गरिने सुरक्षीत होम डेलिभरी गर्न प्रशासन मार्फत आवस्यक समन्वय हुनुपर्ने अहिलेको आवस्यकता हो। स्वास्थ्य सुरक्षाका सावधानी अपनाउँदै होम डेलिभरीमा खटिएका ई-कमर्स कम्पनीका प्रतिनिधिहरुलाई प्रशासनले आवस्यक सहयोग र समन्वय गरिदिनुहुन हाम्रो आग्रह छ।

गत बर्षको विषम परिस्थितिमा पनि ई-कमर्स कम्पनीहरुले आम उपभोक्तालाई सुरक्षीत ढंगले सुबिधा पुर्याउँदा पुर्याउँदै प्रशासनबाट अबरोध र धरपकडको सामना गर्नु परेको थियो। 

युरोप लगायत महामारिले उग्र रुप लिएको छिमेकी देश भारतमा समेत ई-कमर्स कम्पनी मार्फत गरिने सुरक्षीत होम डेलिभरीलाई प्रोत्साहन गरिएको छ।

हाल स्कुल देखि विश्वबिद्यालय बन्द भै विद्यार्थीहरु घरमै स्वअध्ययन गर्न बाध्य हुनुपरेको समयमा किताब एवं स्टेसनरी सामानलाई पनि अत्यावश्यक बस्तुमा सूचीकरण गरि निर्वाध डेलिभरीको बाताबरण बनाउनु पर्ने हाम्रो माग छ।

प्रायजसो कार्यालयका कर्मचारी घरैमा बसेर काम गरिरहेको सन्दर्भमा इलेक्ट्रोनिक्स एवम इलेक्टि्रकल लगायतका घरायासी सामग्रीको समेत सुरक्षीत डेलिभरी गरि उपभोक्तालाई सुबिधा दिन र अर्थतन्त्रमा टेवा पुर्याउने बाताबरण बनाउन हाम्रो अनुरोध छ। 

यस संस्थाले कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितीलाई होम डेलिभरी सहज बनाइदिन अनुरोध गर्दछौं । हाम्रो अनुरोधलाई सकारात्मक लिइ जिल्ला प्रशासन कार्यालय र कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितीले होम डेलिभरी सहज बाताबरण बनाउन सहयोग गर्ने कुरामा हामी आशावादी छौँ।

स्वास्थ मन्त्रालयले पटकपटक बालबालिका र ६० बर्ष नाघेका र १२ बर्ष मुनिका ब्याक्ती घर बाहिर ननिस्कन आग्रह गरिरहेको सन्दर्भमा कतिपय परिवारमा सोही समुहका ब्याक्ती किनमेल गर्न निस्कन परेको अवस्थामा सबै उमेर समुहका ब्याक्तीलाई घर बाहिर निस्कनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य होम डेलिभरिले गर्न सक्छ। 

कन्ट्याक्ट् ट्रेसिङ गर्न सजिलो हुने, स्पष्ट मूल्य हुँदा कालोबजारी नहुने, ५ मिनेट भन्दा कम समयमा भौतिक दुरि कायम गरि डेलिभरी गरिने कारण ई कमर्स सुरक्षीत छ भन्ने कुरा बुझ्नु आवस्यक छ। यो परिस्थितिमा ई कमर्स कम्पनीले बिजनेस बढाउन भन्दा भिडभाड कम गरि कोनोना नियन्त्रणमा जोड दिएको प्रष्ट पार्दछौं।

ई-व्यापार संघ को प्रतिबद्धता 

● ई-व्यापार संघसँग सम्बन्धित कम्पनीहरुले कडा सुरक्षा उपायहरू अवलम्बन गरेका छन्  साथै स्वास्थ्य सेवा विभागको सहयोगमा अधिकांश दुवानी कर्मचारीलगाई खोप वितरण गरिसकेका छन।

●ई-व्यापार संघका सदस्यहरू र सम्बद्ध डेलिभरी पार्टनरहरू र प्लेटफर्म विक्रेताहरूलाई परिचयपत्र र एसोसिएशन द्वारा जारी गरिएको पत्रको साथ पहिचान गर्न सकिनेछ ।

● सामान र सेवाहरूको अनलाइन मूल्य स्पष्ट रूपमा देख्न सकिन्छ र ग्राहकहरुमा सजीलो पहुँच योग्य छ जसले सरकारलाई मूल्य वृद्धि वा कृत्रिम अभाव नियन्त्रण गर्न मद्दत गर्दछ।

● सामान र सेवाहरू वितरण गर्दा कम्तिमा पनि ग्राहक र वितरणकर्मीहरू बीच दुई (२) मिटर दूरी सुनिश्चित गरिनेछ।

● नाम, फोन नम्बर र स्थान सहित ग्राहकको डाटा भण्डारण गरिनेछ। यसले संक्रमित ग्राहक / राइडरहरु को सम्पर्क ट्रेसिङ सहज बनाउछ।

●वितरण भ्यानमा व्यक्तिहरूको संख्या दुई (२) भन्दा बढि हुने छैन र मोटरबाइक / स्कूटरको लागि सामानहरू / सेवाहरू वितरण गर्दा एक (१) भन्दा बढी हुने छैन ।

●थप रूपमा, कम्पनीहरूले कोभिड १९ को सम्बन्धमा सरकारद्वारा जारी सबै अनिवार्य सुरक्षा प्रोटोकलहरू को पालना गरि रहेका छन् ।

●डेलिभरी कर्मचारी र ग्राहक बीचको सम्पर्क कम गर्न एसोसिएशनको सदस्य कम्पनीहरूले क्यासलेस लेनदेनलाई प्रोत्साहित गर्दै डिजिटल भुक्तानीलाई जोड दिएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको