Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता संघ संगठनहरु किन मौन ?

अर्थ संसार

आइतबार, १३ असार २०७८, १५ : ४४ मा प्रकाशित

लगानीकर्ता संघ संगठनहरु किन मौन ?

नेपाल धितोपत्र बोर्डले गत साता लगानीका लागि जोखिमपूर्ण भन्दै ५१ वटा कम्पनीहरुको नाम राखेर विज्ञप्ति प्रकाशन गरेपछि ओरालो लागेको सेयर बजार सम्हालिन सकेको छैन । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आउँदा अहिले लगानीकर्ताहरु त्रसित देखिन्छन् । 

कतिपयले त अब पूँजी बजार बियरिस ट्रेन्डमा प्रबेश गरेको अनुमान लगाउँदै बजारबाट बाहिरिएको प्रतिक्रिया दिईरहेको सामाजिक सञ्जालमा देखिन्छ । 

बजारमा लगानीकर्ताहरु त्रसित अवस्थामा रहँदा लगानीकर्ताको हकहितका नाममा स्थापित विभिन्न संघ संगठनका नेताहरुको मौनताले सबैलाइ ससंकित बनाउको छ । केही अघिसम्म बजारमा सामान्य परिवर्तन हुँदासमेत विज्ञप्ति प्रकाशन गर्दै धितोपत्र बोर्डको कार्यलय घेराउ गर्ने पुग्ने लगानीकर्ताका नेताहरू अहिले किन मौन भन्ने आमलगानीकर्ताहरुको प्रश्न छ  । 

केही दिनअघि बोर्डले ५१ कम्पनीको नामसहित विज्ञप्ति नै प्रकाशन गर्दा छोटेलाल रौनियार नेतृत्वको इन्भेष्टर फोरम र उत्तम अर्याल नेतृत्वको सेयर लगानीकर्ता संघ नेपालले बाहेक अरु कुनै संघ संगठनले धितोपत्र बोर्डको बिरोध वा समर्थनमा कुनै विज्ञप्ति प्रकाशन गरेनन् । 
सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि पूँजी बजासम्बन्धी विभिन्न नियमहरु परिमार्जन गरिरहेको छ । यसमा पनि लगानीकर्ता संगठनको नेतृत्व मौन देखिन्छ । आम लगानीकर्ताहरूले  भने सामाजिक सञ्जालहरुमार्फत मिश्रित प्रतिक्रिया जनाइरहेका छन् । 

नेपाल धितोपत्र बोर्डले दोश्रो बजारको प्रारम्भिक कारोबार सत्रमा घटवढ हुने मूल्य परिवर्तन सीमा ५ प्रतिशतबाट घटाएर २ प्रतिशत कायम गरेको छ । त्यस्तै, दोश्रो बजारमा धितोपत्रको कारोबार हुँदा न्यूनतम मूल्य परिवर्तन सीमा एक रूपैयाँबाट घटाएर १० पैसा कायम गरिएको छ । बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को दोश्रो संशोधन स्वीकृत गरेको छ। 

धितोपत्र बोर्डका पछिल्ला यी निर्णयहरुमा अहिलेसम्म कुनै संघ संगठनहरुले औपचारिक रुपमा प्रतिक्रिया दिएका छैनन् । लगानीकर्ताको हक हितका नाममा खोलेका यी संगठनहरुको दायित्व लगानीकर्ताहरुलाई बोर्डको निर्णयहरु सही कि गलत भनेर सूचित गराउने पनि होइन र ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको