Like us!
Follow us!
Connect us!
Watch us!

आज यी ६ कम्पनी र म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

अर्थ संसार

विहीबार, १० असोज २०८१, ०७ : ३४ मा प्रकाशित

आज यी ६ कम्पनी र म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज  बिहीबार ६ कम्पनी, म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

आजसम्म साहस ऊर्जा, सानिमा रिलायन्स लाइफ, एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ र नबिल ब्यालेन्स्ड फण्ड-२ को सेयरधनी बनेमा लाभांश पाइनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सानिमा रिलायन्सले शुक्रबार र साहस ऊर्जाले असोज १३ गते बुकक्लोज गर्दैछन्। त्यस्तै, एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ र नबिल ब्यालेन्स्ड फण्ड-२ ले  पनि शुक्रबार बुकक्लोज गर्दैछन् । 

सानिमा रिलायन्स लाइफले चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको १८.३८ प्रतिशतका दरले ७६ करोड ९० लाख ६५ हजार रुपैयाँ बोनस सेयर वितरणको घोषणा गरिसकेको छ। असोज २३ गते बिहान ११ बज अनमोल बैंक्वेट नयाँ बानेश्वरमा बस्ने सातौँ वार्षिक साधारणले लाभांश पारित गर्नेछ।

त्यस्तै, साहस ऊर्जाले पनि गत आव ०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँको ८ प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत अर्थात् १ करोड ४७ लाख ३६ हजार नगद गरी कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेको छ। कात्तिक ४ गते कार्की ब्याङ्क्वेट बबरमहलमा बिहान ११ बजे बस्ने साधारणसभाले लाभांश पारित गर्ने एजेण्डा छ।

एनएमबि फिप्टीले १५ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले १० प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले ५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड २ ले ८ प्रतिशत नगद लाभांश इकाईधनीलाई वितरण गर्ने घोषणा गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको