Like us!
Follow us!
Connect us!
Watch us!

सिइडिबि हाइड्रोपावर र ओरियण्टल होटलको सेयर मूल्य समायोजन

अर्थ संसार

सोमबार, ०७ असोज २०८१, ०९ : ५० मा प्रकाशित

सिइडिबि हाइड्रोपावर र ओरियण्टल होटलको सेयर मूल्य समायोजन

सिइडिबि हाइड्रोपावर र ओरियण्टल होटलको सेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमबार नयाँ मूल्य निर्धारण गरेको हो।

सिइडिबिको ११ प्रतिशत बोनस सेयर समायोजन भएसँगै सेयर मूल्य प्रतिकित्ता १ हजार ८२९.७३ रपैयाँ कायम भएको छ। ओरियण्टलको ५ प्रतिशत बोनस समायोजन भएसँगै ९८०.९५ रुपैयाँ कायम भएको छ।

आइतबार दोस्रो बजारमा सिइडिबिको २ हजार ३१ रुपैयाँमा र ओरियण्टल होटलको शेयर प्रतिकित्ता १ हजार ३० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

सिइडिबिको वार्षिक साधारणसभा असोज २१ गते, कालिमाटी ब्याङ्क्वेट, कालिमाटीमा बस्दैछ। 

ओरियन्टलको २७औँ वार्षिक साधारणसभा असोज २० गते, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बोलाएको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको