Like us!
Follow us!
Connect us!
Watch us!

आज यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

अर्थ संसार

आइतबार, ०६ असोज २०८१, ०७ : ३२ मा प्रकाशित

आज यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज आइतबार सिईडिबि हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी र ओरियण्टल होटलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सोमबार, असोज ७ गते बुकक्लोज गर्दैछन्।

आज आइतबारसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले प्रतिफल प्राप्त गर्न सक्नेछन्। साथै उनीहरुले साधारण सभामा सहभागिता जनाउन पनि पाउनेछन्।

सिइडिबिले चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस सेयर वितरण गर्नेछ भने बोनस सेयर वितरणपश्चात ५४.५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेको छ। साधारणसभा असोज २१ गते बिहान १० बजे कालिमाटी ब्याङ्क्वेट बोलाएको छ। 

ओरियन्टलले चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। २७औँ साधारणसभा असोज २० गते, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको