Like us!
Follow us!
Connect us!
Watch us!

अहिले त बैंकको फोन उठ्दैन, झनै ब्रोकर लाइसेन्स पाए के होला ?

मिलन खड्का

बुधबार, १६ असार २०७८, १७ : ०० मा प्रकाशित

अहिले त बैंकको फोन उठ्दैन, झनै ब्रोकर लाइसेन्स पाए के होला ?

अहिले नेपालमा सेयरको दास्रो बजार कारोबार गर्नेहरु ब्रोकर कम्पनीहरुकोको सेवाबाट सन्तुष्ट खासै कोहि देखिदैनन्। समयमा सेयर खातामा नआउने त कहिले समयमा पैसा नआउने, यो त बजारको दैनिक कथा जस्तो बनिसकेको छ ।

नियामक निकायले पनि न भएका ब्रोकर कम्पनीको नियमन गर्न सकिरहेका छन् न त नयाँ ब्रोकर थप्ने नै प्रक्रिया अघि बढाएका छन्।  नेप्से र सेबोनको बीचमा त झन् यस बिषयमा अहिले जुँगाको चलिरहेको जस्तो देखिन्छ । तर दुबै निकायका प्रमुख हरेक अन्तर्वार्ता होस् या कम्पनीको वार्षिक सभमा नया ब्रोकर थप्ने कुरामा खुलेर बोल्ने गरेका छन्। तर काम प्रगति भने कछुवा गतिमा, तर दोष लगाउन भने दुबै अगाडी देखिन्छन निकायहरु। 

नेप्सेका प्रमुख चन्द्र सिंह साउदले अर्थसंसारसँग गरेको विशेष कुराकानीमा नेप्सेले नया ब्रोकर थप्ने कार्यविधि सेबोनमा पठाएको बताएका थिए , अब आफ्नो हातमा केहि नभएको भन्दै उनि पन्छिए ।

धितोपत्र बोर्ड पनि अध्ययन प्रक्रिया बढिरहेको भन्दै पन्छिने गरेको छ। यी सबका कारण ब्रोकर, नेप्से र सेबोनको छबि लगानीकर्ताको अगाडी झन् बिग्रको अवस्थामा देखिन्छ । दुई निकाय बिचको जुंगाको लगाईले अहिले लगानीकर्ताहरु ज्यादै नै मारमा परिरहेको देखिन्छ । 

ब्रोकरहरुको फोन नउठ्ने, समयमा भुक्तानी गर्ने र ब्रोकरहरुले लगानीकर्ताहरुलाई गर्ने ब्यवहाले आजित बनेका लगानीकर्ताहरुले अहिले बैंक तथा वित्तिय संस्थालाई ब्रोकर लाइसेन्स तत्काल दिनु पर्ने आवाज सशक्त रुपमा उठाइरहेका छन्।  एक ठुला लगानीकर्ताले त अर्थसंसारको अन्तर्वार्ता मै सार्वजनिक रुपमा ब्रोकरले सेबोनलाई पैसा खुवाएर नया ब्रोकर लाइसेन्स रोक्न लगाएको आरोप लगाएका थिए । 

बैंक तथा वित्तिय संस्थाहरुले ब्रोकर लाइसेन्स पाए अहिलेको समस्या सबै हलहुने धेरै लगानीकर्ताको बुझाई छ तर  के अहिले लगानीकर्ताहरुले सोचे जस्तो सेवा सुविधा बैंकहरुका सहायक कम्पनीहरु(क्यापिटल) बाट सम्भव होला त ?

बैंक तथा वित्तिय संस्थाका सहायक कम्पनीहरु (क्यापिटल) को अहिलेको सेवा प्रवाह पनि खासै चित्त बुझ्दो नरहेको सेवाग्राहीको गुनासो सुन्ने गरिन्छ । बैंक/ क्यापिटलहरू गैरजिम्मेवार बने भनेर चौतर्फी आलोचना भइरहेको पनि धेरै भैसक्यो । कुनैपनी संस्था स्थापना भइसकेपछि आफ्ना सेवाग्राहीहरूको कुरा सुन्नु पनि उक्त संस्थाको दायित्वभित्र पर्दछ ।

पूँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्य गर्ने भनी स्थापित भइसकेपछि क्यापिटलहरूले सेवाग्राहीहरूको आवाज सुन्नुपर्ने हो । तर ब्रोकर कम्पनी र क्यापिटलहरूले भने आफ्ना सेवाग्राहीहरू अर्थात् ग्राहकहरूलाई वास्ता गरेको देखिदैन । यी संस्थाहरूको यस्ता रवैयाबाट दिक्दार भएका लगानीकर्ताहरूले पटक पटक सामाजिक सञ्जाल मार्फत् आक्रोश पोख्दै आइरहेका छन् ।

आजकाल नेपालका अधिकांश बैंक/क्यापिटलहरूले पनि सम्पर्क गर्न कयौँ पटक फोन गर्दा पनि उठाँउदैनन् । लगानीकर्ताहरूले केही काम विशेषले उक्त संस्थाहरूलाई सम्पर्क गर्न खोजेका हुन्छन् तर ती संस्थाहरू भनेको बेलामा सम्पर्कमा नआइदिँदा लगानीकर्ताहरूले अनेकौँ प्रकारका घाटा तथा नोक्सानी व्यहोर्नु परेको समस्या उतिकै छन् ।

अब सोच्नुहोस यी संस्थाले ब्रोकर लाइसेन्स पाए यिनले अहिले बजारका समस्या सबै समाधान होला ? बैंक तथा वित्तिय संस्थाको पहुच ब्रोकर भन्दा राम्रो होला, बैंकको आय श्रोत थपिएला तर अहिलेकै अवस्थामा यि संस्थाले ब्रोकर लाईसेन्स पाईहाले पनि लगानीकर्ताको समस्या सोचे झैँ समाधान के होला र खै ? 

लगानीकर्ताहरुको समस्याको दिर्घकालिन समाधानका लागि ब्रोकर कम्पनीहरुलाई प्रतिस्प्रधी र व्यवसायिक बनाउनु र बलियो नियामक निकाय नै अहिलेको प्राथमिक आवश्यकता देखिन्छ ।         

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको