Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफले हकप्रद सेयर बिक्री गर्ने

अर्थ संसार

आइतबार, २७ जेठ २०८१, ०८ : ४६ मा प्रकाशित

नेपाल लाइफले हकप्रद सेयर बिक्री गर्ने

नेपाल लाइफ क्यापिटल लिमिटेडले हकप्रद सेयर बिक्री गर्ने भएको छ। 

कम्पनीले आफ्ना संस्थापक सेयरधनीहरुलाई चुक्तापूँजीको ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद बिक्री गर्न भएको हो । कम्पनीले चुक्तापूँजी २९ करोड ९९ लाख ३ हजार ६ सय रुपैयाँको ५० प्रतिशतले हुन  आउने १०० रुपैयाँ अंकित दरका १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद साधारण सेयर असार ११ गतेबाट जारी गर्ने गरि मिति तोकेको छ। 
हकप्रदमा असार २५ गतेसम्म आवेदन दिन सकिने तय गरिएको छ। 

कम्पनीले जारी गरेको सूचनामा संस्थापक सेयरधनीले हकप्रद सेयरका लागि दरखास्त आवेदन पाउने र बुझाउने स्थान नेपाल लाइफ क्यापिटलको कारोबार कार्यालय तय गरेको छ ।  

यो हकप्रद सेयर खरिदका लागि जेठ २५ गतेसम्म कम्पनीको सेयरधनी दर्ता किताबमा कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने सूचनामा उल्लेख छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको