Like us!
Follow us!
Connect us!
Watch us!

अड्किएको एक अर्ब लगानीको रकम सेयर बजारमा फिर्ता हुँदै

अर्थ संसार

आइतबार, १४ साउन २०८०, १४ : २८ मा प्रकाशित

अड्किएको एक अर्ब लगानीको रकम सेयर बजारमा फिर्ता हुँदै

अड्किएको एक अर्ब लगानीको रकम सेयर बजारमा फिर्ता हुने भएको छ । गत चैत्र महिनादेखि बजारमा फ्रिज भएर बसेको एक अर्ब लगानीयोग्य रकम यही साउन महिनामै फिर्ता हुन लागेको हो ।

गत चैत्रमा ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवर्द्धक रहि ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको तथा ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “ग्लोबल आइएमई समुन्नत योजना – १” को झन्डै १० करोड इकाई परिपक्व भएको थियो । इकाई परिपक्व भएपनि लगानीकर्ताले यसको भुक्तानी पाएका छैनन् । जसले गर्दा लगानीकर्ताको झण्डै एक अर्ब लगानी योग्य रकम फसेको थियो ।

सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम (३१) को खण्ड (१) (क) मा भएको व्यवस्था बमोजिम योजनाको अवधि समाप्त भएपछि नेपाल स्टक एक्सचेञ्ज नेप्सेले दोश्रो बजारमा यस योजनाको सूचीकरण खारेज गरिसकेको छ ।

“ग्लोबल आइएमई समुन्नत योजना - १” खारेजी पश्चात् सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम (३२) को उपनियम (३) को व्यवस्था बमोजिम योजना अर्न्तगतको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई उनीहरुको स्वामित्वको आधारमा भुक्तानी दिनुपर्ने व्यवस्था छ । 

नेप्सेमा अन्तिम कारोबार चैत्र ९ गते बिहीबारसम्म कारोबार भई कायम हुने इकाईधनीहरु मात्र योजनाको खारेजी पश्चातको प्रतिफल प्राप्त गर्ने लगानीकर्ताको पैसा अहिले फ्रिज भएको छ। 

यस योजना सञ्चालनका लागि योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले २०७२ साल माघ १३ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यस योजना सञ्चालनका लागि १० करोड इकाई जारी गरिएको थियो ।

ग्लोबल आइएमई समुन्नत योजना – १  चैत्र ११ गते नै परिपक्व भइसकेको हो ।  परिपक्व भएको ४ महिना नाघिसक्दा पनि क्यापिटलले भुक्तानी गर्ने केही तयारी गरेको देखिएन ।

लगानीकर्ताको यति धेरै पैसा होल्ड हुँदा पनि ग्लोबल आइएमई क्यापिटल लगानी फिर्ता गर्ने चटारोमा नदेखिएपछि हामीले आज क्यापिटलमा कुराकानी गरेका थियौँ । 

अब भने क्यापिटलले लगानीकर्ताहरूलाई भुक्तानी गर्ने भएको छ । ग्लोबल आइएमई क्यापिटलका एक अधिकारीले भने, "भुक्तानीका लागि सबै प्रक्रिया पुरा भईसक्यो । हामीले यही साउन २५ गते ईकाईधनीहरुलाई रकम भुक्तानी गर्ने निर्णय गरेका छौँ । भोलिबाट यसको अक्सन खुल्दैछ ।"

जसअनुसार साउन महिनाको अन्तिम सातासम्म बजारमा लगानीका लागि १ अर्ब रकम थपिने भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको