Like us!
Follow us!
Connect us!
Watch us!

के हो सेयरको अक्सन मार्केट ?

अर्थ संसार

मंगलबार, २२ असार २०७८, १० : ०४ मा प्रकाशित

के हो सेयरको अक्सन मार्केट ?

नेपाल स्टक एक्स्चेन्जले अन्तर्दिवसीय (इन्टकारोबार) संचालन कसरी संचालन गर्न सकिन्छ भनेर अध्ययन गर्न गठन गरेको अध्ययन उपसमितिले विभिन्न देशको अभ्यास अध्ययन गरेर प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदनमा इन्ट्रा डेसँगै अक्सन मार्केट पनि संचालन गर्न सकिने सुझाव दिएको छ ।

अक्सन मार्केट कसरी ?
प्रतिवेदनका अनुसार अन्तर्दिवसीय कारोबारमा सहभागी विक्रेता कारोबारीले कारोबार दिनमै आफ्नो धितोपत्र हस्तान्तरण नगरेको वा गर्न नसकेको अवस्थामा अक्सन मार्केटबाट खरिद गरी हस्तान्तरण गर्न सक्छन् । यस अर्थमा अक्सन मार्केट अन्तर्दिवसीय कारोबारसँग अन्तरआवद्ध विषय हो । 

अक्सन मार्केटमा सामान्य लगानीकर्ता सहभागी हुदैनन् । आफ्ना ग्राहकको दायित्व पूरा गर्ने गरी  कारोबार सदस्य मात्र अक्सन मार्केटमा सहभागी हुन पाउँछन् । अक्सन मार्केट सञ्चालनका लागि स्टक एक्सचेन्जले निश्चित समय तोकेको हुन्छ ।  संयन्त्र उपलब्ध गराएको हुन्छ । भारतमा अक्सन मार्केट सञ्चालन गर्दा किनबेच हुने धितोपत्रको मूल्य सीमा धितोपत्र कारोबार भएको अर्को दिनमा कायम भएको अन्तिम मूल्यमा २० प्रतिशत तल वा माथि हुन सक्ने गरी व्यवस्था मिलाइएको छ । यस्तै किसिमको व्यवस्था नेप्सेले पनि गर्न सक्छ ।   

अक्सन मार्केट सञ्चालन गर्न के के हुनु पर्छ भनेर उपसमितिले सुझाएको छ । ती हुन्ः  

• कार्यविधिमा अक्सन मार्केट सञ्चालन समय तोक्ने ।

• कारोबार सदस्यलाई बजारमा सहभागी हुने व्यवस्था गर्ने, पहुँच दिने ।

• अक्सन मार्केटमा भएको कारोबारको राफसाफ T+1 मा गर्ने ।

• अक्सन मार्केटमा धितोपत्र खरिद गर्दा वास्तविक कारोबार मूल्य भन्दा बढीमा धितोपत्र खरिद गर्दा नपुग रकम ग्राहकले व्यहोर्ने । खरिदकर्ताले कम मूल्यमा धितोपत्र प्राप्त गरेमा आर्जित नाफा राफसाफ प्रत्याभुति कोषमा जम्मा हुने ।

• अक्सन मार्केटबाट धितोपत्र खरिद गर्दा राफसाफका लागि आवश्यक धितोपत्र संख्या एकमुष्ठ वा पटक पटक उपलव्ध भएसम्म खरिद गर्ने ।

• अक्सन मार्केटमा धितोपत्रहरुको कारोबार गर्दा÷गराउँदा प्रत्येक खरिद वा बिक्रीमा नियमित कारोबार सरह शुल्क लाग्ने ।

• कारोबारमा प्रचलित कानूनबमोजिम लागु हुने पुँजीगत लाभकर तथा अन्य शुल्क सम्बन्धित पक्षले बुझाउने ।

• अक्सन मार्केटमा धितोपत्र उपलब्ध नभई राफसाफ तथा फछ्र्यौट हुन नसक्ने भएमा विक्रेता कारोबार सदस्यले खरिदकर्ता कारोबार सदस्यमार्फत् लगानीकर्तालाई क्षतिपूर्ति दिने ।

यी व्यवस्थाहरु अक्सन मार्केटका प्रमुख विशेषता हुन । यसबाहेक नेपालको परिवेश अनुकुल हुने गरी यसमा थप व्यवस्थाहरु गर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको