मानव समाजमा विपत्ति वा जाखिमका पर्याप्त सम्भावना हुन्छन् । हाम्राे हरेक कदम कदममा जाेखिम हुन्छ । जीवन, व्यवसाय, राेजगारी जस्ता सबै कुरामा जाेखिम हुन्छ । अनिश्चित जाेखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम नै बीमा हाे ।
सामान्य अर्थमा भन्नुपर्दा बीमा भनेकाे जोखिम व्यवथापनको एउटा महत्वपूर्ण औजार हो । बीमालाई दुई पक्ष बीचमा हुने लिखित सम्झौता पनि भनिन्छ । बीमा गर्दा बीमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति) बीच सम्झौता हुन्छ ।
बीमामा बीमितले आफ्नो जीवन, सम्पत्ति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने गर्दछन् । बीमा निश्चित अवधिका लागी गरिन्छ ।
नेपालमा बीमा कम्पनीहरुको नियामक निकायका रुपमा ‘बीमा समिति’ रहेको छ । बीमा समितिले सबै बीमा कम्पनीको रेखदेख गर्ने गर्दछ ।
बीमा ३ प्रकारका हुन्छन् :
१. जीवन बिमा : आजीवन जीवन बीमा, सावधिक जीवन बीमा, म्यादी जीवन बीमा
२. निर्जीवन बीमा
३. पुनर्बीमा
जीवन बिमा
मानिसको जीवनसँग सम्बिन्धित जोखिमकोविरुद्ध गरिने बीमालाई जीवन बिमा भनिन्छ । जीवन बिमा कुनै व्यक्ति वा नीजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ ।
बीमा समितिका अनुसार ‘जीवन बीमा’ भनेको व्यक्तिको आयुको आधारमा किस्ताबन्धी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी कारोबार हाे ।
जीवन बीमालाई आजीवन जीवन बीमा, सावधिक जीवन बीमा र म्यादी जीवन बीमा गरी तीन वर्गमा विभाजन गरिएको छ ।
निर्जीवन बीमा
निर्जीवन बीमा कुनैपनी व्यक्तिले आर्जन गरेको चल–अचल सम्पत्तिको सुरक्षा गर्नका लागि गरिने बीमा हो । जस्तै घर, उद्योग कलकारखाना, गाडी, मोटरसाइकल वा यस्तै प्रकारका सम्पत्ति हानी नोक्सानी भएमा सो को क्षतिपूर्ती होस् भनेर नीर्जिवन बीमा गरिन्छ । निर्जीवन बीमा निश्चित अविधिको लागि गरिने सम्झौतापत्र हो ।
निर्जिवन बीमा सम्पत्तिको हानी नोक्सानी र दायित्वको जोखिमबाट मुक्त हुनका लागि गरिने करार हो । यसमा बीमा गर्ने कम्पनी र बीमा गर्ने व्यक्तिका बीच सम्झौता हुन्छ । यस्तो सम्झौतालाई नै करार भनिन्छ ।
निर्जीवन बीमाभित्र अग्नि बीमा, सामुन्द्रिक बीमा, हवाई बीमा, मोटर बीमा र विविध बीमालाई समावेश गरिएकाे छ ।
बीमा किन गर्ने ?
- बीमा गर्दा भविष्यकाे सुरक्षा हुन्छ ।
- बीमा गरी सम्पत्तिको सुरक्षा गर्न सकिन्छ ।
- बीमा गर्दा आयमा २० हजार रुपैयाँसम्मको करछूट हुन्छ ।
- बीमा गरेर हामीले जोखिम हस्तान्तरण गर्न सक्छाैँ ।
- बीमा गर्दा ऋणकाे सुविधा पाइन्छ ।
- बीमाले बचत गर्न प्रोत्साहन गर्दछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस