Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड अजोड इन्स्योरेन्सको वित्तीय वर्ष समीक्षा:खर्च व्यवस्थापन र कमिशन कटौतीले नाफामा संतुलन

अर्थ संसार

शुक्रबार, ३० साउन २०८२, ०८ : ०० मा प्रकाशित

युनाइटेड अजोड इन्स्योरेन्सको वित्तीय वर्ष समीक्षा:खर्च व्यवस्थापन र कमिशन कटौतीले नाफामा संतुलन

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षमा २१ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमायो, जुन अघिल्लो वर्षको २४ करोड ८४ लाख रुपैयाँभन्दा १२.८७ प्रतिशत कम हो। नाफा घटेपनि कम्पनीको बीमा कारोबारमा भने वृद्धि देखिएको छ।

अघिल्लो वर्ष १ अर्ब ९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यो वर्ष ७.२९ प्रतिशत बढाएर १ अर्ब १७ करोड रुपैयाँ पुर्‍याएको छ, जसमा अभिकर्ता र कर्मचारीहरूको सक्रियताले महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।

तर, कुल आम्दानीमा भने संकुचन आएको छ। लगानी र कर्जाबाट प्राप्त हुने आय घटेकाले अघिल्लो वर्षको १ अर्ब ८३ करोड रुपैयाँ आम्दानी घटेर चालु वर्षमा १ अर्ब ७४ करोड रुपैयाँमा सीमित रह्यो।

यससँगै कम्पनीले खर्च नियन्त्रणमा पनि कदम चाल्यो। कुल खर्च १ अर्ब ४२ करोड रुपैयाँबाट १ अर्ब ४१ करोड रुपैयाँमा झर्‍यो, भने अभिकर्ता कमिशनमा २७.९२ प्रतिशत कटौती गर्दै ७ करोड ६२ लाख रुपैयाँबाट करिब साढे पाँच करोड रुपैयाँमा घटाइयो।

नाफा घट्दा प्रतिशेयर आम्दानी पनि ११.८३ रुपैयाँबाट ९.३७ रुपैयाँमा झर्‍यो, यद्यपि प्रतिशेयर नेटवर्थ १७६.७६ रुपैयाँमै स्थिर रह्यो, जसले कम्पनीको पूँजी संरचना अझै बलियो रहेको देखाउँछ।

यस अवधिमा चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँबाट १० प्रतिशत बढेर २ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ, साथै स्पेशल रिजर्भ १ अर्ब २ करोड रुपैयाँ, महाविपत्ति कोष साढे ४ करोड रुपैयाँ र जगेडा कोष १० करोड रुपैयाँमा कायम छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको