Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्स साउन ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दै

अर्थ संसार

शुक्रबार, २० असार २०८२, ०८ : ११ मा प्रकाशित

नेपाल इन्स्योरेन्स साउन ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दै

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि आफ्नो हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत बराबरको हकप्रद सेयर ल्याउन लागेको हो।

१० कित्ता बराबरमा ३.४७८३ कित्ता सेयर

नेपाल इन्स्योरेन्सले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ३.४७८३ कित्ता सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ६५ लाख ७६ हजार ९६७.७६ कित्ता सेयर, अर्थात् ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ।

आवेदन दिने योग्य सेयरधनी

यस हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गरिसकेको छ। त्यसअनुसार जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई नाम कायम भएका सेयरधनीहरूले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन्।

क्रेडिट रेटिङ्ग र बिक्री प्रबन्धक

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई हकप्रद निष्कासनका लागि IRN A- (सिंगल ए माइनस) रेटिङ प्रदान गरेको छ। यसले कम्पनीले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा पर्याप्त सुरक्षा रहेको संकेत गर्दछ।

यस हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबि एस क्यापिटल लिमिटेडले पाएको छ। इच्छुक सेयरधनीहरूले बिक्री प्रबन्धकको कार्यालय, त्यसका शाखाहरू, सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू, र मेरो सेयर प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

चुक्ता पूँजीमा वृद्धि

हाल नेपाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ रहेको छ। हकप्रद सेयर बाँडफाँटपछि चुक्ता पूँजी बढेर २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको