Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल इन्स्योरेन्स घाटामा ६२ करोड, बीमाशुल्कमा ४३% वृद्धि

अर्थ संसार

बुधबार, २८ साउन २०८२, ०८ : ०६ मा प्रकाशित

नेशनल इन्स्योरेन्स घाटामा ६२ करोड, बीमाशुल्कमा ४३% वृद्धि

नेशनल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार, कम्पनी यो अवधि अन्त्यसम्म ६२ करोड ३९ लाख रुपैयाँ घाटामा पुगेको छ, जुन अघिल्लो वर्षको २६ करोड ६७ लाख रुपैयाँ घाटाभन्दा उल्लेखनीय रूपमा बढी हो।


रिटेन्ड अर्निङ अझै ऋणात्मक

समीक्षा अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङ ऋणात्मक १ अर्ब ४२ करोड ३२ लाख रुपैयाँमा पुगेको छ।
अन्य इक्विटी ३० करोड ८६ लाख रुपैयाँ, महाविपत्ति कोष ३ करोड २१ लाख रुपैयाँ, र स्पेसल रिर्जभ १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ।

अघिल्लो वर्षको यसै अवधिमा रिटेन्ड अर्निङ ऋणात्मक ८२ करोड २२ लाख रुपैयाँ थियो, अन्य इक्विटी ३३ करोड १५ लाख रुपैयाँ, महाविपत्ति कोष ३ करोड २१ लाख रुपैयाँ र स्पेसल रिर्जभ १ अर्ब ४५ करोड रुपैयाँमै थियो।


कुल बीमाशुल्कमा ठुलो उछाल

कम्पनीले समीक्षा वर्षमा १ अर्ब २९ करोड १८ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेको छ।
यो अघिल्लो वर्षको ९० करोड १५ लाख रुपैयाँको तुलनामा ४३.२९ प्रतिशतले बढी हो।


पुनर्बीमा खर्चमा भारी वृद्धि

समीक्षा अवधिमा पुनर्बीमा खर्च ७३ करोड ११ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २८ करोड २४ लाख रुपैयाँभन्दा दोब्बरभन्दा बढी हो।


खुद बीमाशुल्क घट्यो

समीक्षा वर्षमा खुद बीमाशुल्क ५६ करोड ६ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको ६१ करोड ९१ लाख रुपैयाँभन्दा ९.४४ प्रतिशत कम हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको