चालु आर्थिक वर्षको १० महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले करिब ४९ अर्ब रुपैयाँको दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आवको वैशाख मसान्तसम्मको अवधिमा ४८ अर्ब ९५ करोड रुपैयाँको दाबी भुक्तानी गरेका हुन् ।
यो अवधिमा बीमा कम्पनीले आफ्ना बीमितबाट आएका २ लाख १८ हजार ९५१ वटा दाबीको भुक्तानी गरेका छन् । कम्पनीहरुको दाबी गत आवको सोही अवधिको तुलनामा ३.३८ प्रतिशतले कम हो । गत आवको सोही अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले २ लाख ४८ हजार ९९९ वटा बीमा दाबी बापत ५० अर्ब ६६ करोड रुपैयाँ भुक्तानी दिएका थिए ।
चालु आर्थिक वर्षको वैशाख महिनासम्मको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले ४ अर्ब ५४ करोड रुपैयाँको दाबी भुक्तानी दिन बाँकी रहेको छ । कम्पनीहरुले ५३ हजार ४८१ वटा दाबीको भुक्तानी गर्न बाँकी रहेको छ । जीवन बीमा कम्पनीहरुको बीमा दावी बक्यौता गत आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिको तुलनामा ९५.४२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुको गत आर्थिक वर्षमा सोही अवधिमा २ अर्ब २७ करोड रुपैयाँ बीमा दावी बक्यौता रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस