Like us!
Follow us!
Connect us!
Watch us!

रुरु जलविद्युत सहित ३ कम्पनीको साधारणसभा आज, के-के एजेन्डा हुँदैछन् पारित ?

अर्थ संसार

शनिबार, १६ असोज २०७८, ०९ : ०१ मा प्रकाशित

रुरु जलविद्युत सहित ३ कम्पनीको साधारणसभा आज, के-के एजेन्डा हुँदैछन् पारित ?

आज(शनिबार) नेपाल स्टक एकस्चेन्ज (नेप्से) मा सुचिकृत विभिन्न ३ कम्पनीहरुले बार्षिक साधारणसभा गर्दैछन् । जसमध्ये एउटा कम्पनीको विशेष साधारण सभा र २ वटा कम्पनीको वार्षिक साधारण सभा हुन लागेको हो । यी ३ कम्पनीमध्ये २ वटा कम्पनीको सभाले प्रस्तावित लाभांश समेत पारित गर्ने छ 

१. रुरु जलविद्युत परियोजना लिमिटेड

रुरु जलविद्युत परियोजना लिमिटेडकाे १५ औँ र १६ औँ वार्षिक साधारण सभा असोज १६ गते हात्तीसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट १०.५६३२ प्रतिशत नगद लाभांश (कर सहित) र २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै, सभाले बोनस सेयर जारीपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। त्यसैगरी, सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरु छलफल गरी पारित गर्नेछ। लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असोज ६ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन्। 

२. एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड 

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे पन्ध्राैँ वार्षिक साधारण सभा असोज १६ गते, सिद्धार्थ होटल, विर्तामोड, झापामा हुनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने ९ करोड ७३ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ५१ लाख २२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसका साथै, साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ । बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा रहेको छ ।साधारण सभा तथा लाभांश प्रयोजनको लागि बैंकले असोज १ गतेदेखि १६ गतेसम्म बुकक्लोज गर्नेछ । त्यसैले, भदौ ३१ गतेसम्म कायम शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

३.  घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड 

घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे विशेष साधारण सभा असाेज १६ गते शनिबार, हाेटल रूबस, बैयाबेहडी, धनगढी, कैलालीमा हुनेछ । संस्थाले घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी निर्णयकाे लागि विशेष साधारण सभा आह्वान गरेकाे हाे । दुवै संस्थाबीच गत कार्तिक २१ गते गाभिने सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएकाे थियाे । त्यसैले, बैंक तथा  वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम नेप्सेमा घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार राेक्का छ । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड १:०.५० काे अनुपातमा मर्ज हुन लागेका हुन् । विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्तावहरू पारित गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको