Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, १७ असोज २०७८, ०७ : ५४ मा प्रकाशित

सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको भदौ २४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले १०.५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । 

सभामा सञ्चालक समितिको बैठकले निर्णय गरे अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगर गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले भोलि असोज १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज असोज १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीको दशौँ वार्षिक साधारण सभा कार्तिक ११ गते, बिहीबार सेलिब्रेसन हाईट सुकेधारा चोक, काठमाडौँ र भर्चुअल माध्यमबाट एकैसाथ सञ्चालन हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको