Like us!
Follow us!
Connect us!
Watch us!

निक्षेप सकंलन हालसम्मकै उच्च विन्दुमा !

पत्रपत्रिका

मंगलबार, १९ असोज २०७८, ०७ : ३३ मा प्रकाशित

निक्षेप सकंलन हालसम्मकै उच्च विन्दुमा !

वाणिज्य बैंकहरूको कुल निक्षेप सकंलन बढेर हालसम्मकै उच्च विन्दुमा पुग्दा पनि बैंकमा तरलता ९लगानीयोग्य पूँजी० को अभाव भने कायमै रहेको छ ।

असोजको दोस्रो सातासम्म वाणिज्य बैंकहरूको कुल निक्षेप रू। ४२ खर्ब १८ अर्ब पुगेको छ, जुन हालसम्मकै बढी हो । गत असार मसान्तसम्म कुल निक्षेप ४१ खर्ब १ अर्ब पुगेको थियो । चालू आर्थिक वर्ष शुरू हुनासाथ निक्षेप संकलन घटेको थियो । तर, अहिले निक्षेप संकलन बढेर नयाँ विन्दुमा पुगेको हो ।

बैंकहरूमा निक्षेप नै आउन नसक्दा चालू आवको शुरूदेखि नै तरलता अभावको समस्या हुँदै आएको थियो । अहिले बैंकिङ क्षेत्रमा निक्षेप आउन थाले पनि तरलता अभावको समस्या नहटेको बैंकरहरू बताउँछन् ।

अहिले कर्जाको माग उच्च रहेको छ । त्यसैले निक्षेप बढे पनि तरलता अभावको समस्या कायमै रहेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘अहिले सरकारी खर्च हुन थालेपछि बैंकहरूमा निक्षेप आउन थालेको छ । रेमिट्यान्स ९विप्रेषण० पनि आउन थालेको छ । तर, तरलता अभावको समस्या भने कायमै छ,’ उनले भने, ‘अहिले कर्जाको माग निकै उच्च छ । साथै, कर्जा प्रवाह पनि बढेको छ । त्यसैले तरलताको अभाव भएको हो ।’

चाडपर्वका कारण आयात पनि उच्च मात्रामा भएको छ । आयात अझै बढ्ने सम्भावना छ । त्यो आयातका लागि आवश्यक पर्ने पूँजीका लागि सम्बद्ध उद्योग तथा आयातकर्ताबाट कर्जाको माग बढेको छ । फलस्वरूप तरलता अभाव कायमै भएको बताइएको छ ।

अब विप्रेषण नै तरलता व्यवस्थापन गर्ने उच्च माध्यम हुने उनको भनाइ छ । ‘दशैंले गर्दा गतहप्तादेखि नै विप्रेषण आप्रवाह बढेको जस्तो देखिन्छ । साथै, अबको २ साता पनि उच्च मात्रामा विप्रेषण आउने सिजन हो,’ उनले भने, ‘अपेक्षित मात्रामा विप्रेषण आयो भने तरलता व्यवस्थापनमा सहज हुनेछ ।’

विप्रेषण आप्रवाह बढ्दा शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिमा पनि सुधार आउने उनको भनाइ छ । त्यो अवस्थामा व्याजदरमा पुनरवलोकन गर्न पनि सहज सकिने दाहालले बताए ।

गत साता बैंकहरूको कुल निक्षेप ३८ अर्ब १२ करोड रुपैयाँले थपिएको छ, जुन साप्ताहिक आधारमा चालू आवकै धेरै हो । बैंकहरूले तरलता अभाव भएपछि असोज १ गतेदेखि निक्षेपको ब्याजदर बढाएका थिए । तैपनि असोजको पहिलो साता निक्षेप संकलनमा सुधार आएको थिएन ।

त्यो साता करिब ८ अर्ब रुपैयाँ मात्र निक्षेप संकलन भएको थियो । तर, असोजको दोस्रो साता भने निक्षेप सकंलन ह्वात्तै बढेको छ ।

सरकारी खर्च बैंक निक्षेपको एउटा मुख्य स्रोत हो । तर, प्रतिस्थापन बजेट पारित हुन नसक्दा चालू आवको असोज पहिलो सातासम्म नै सरकारी खर्च हुन सकेको थिएन । फलस्वरूप बैंकिङ तरलतामा समस्या आएको थियो । तर, अहिले प्रतिस्थापन बजेट पारित भएसँगै गत सातादेखि सरकारी खर्च हुने थालेको छ । फलस्वरूप निक्षेप संकलन बढ्न थालेको हो ।

कर्जा प्रवाह पनि ह्वात्तै बढेको छ । गत साता बैंकहरूले ३९ अर्ब रुपैयाँ नयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो हप्ता बैंकहरूले रू। ३१ अर्ब नयाँ कर्जा प्रवाह गरेका थिए । बैंकहरूको कुल कर्जा प्रवाह भने ३९ खर्ब ४२ अर्ब पुगेको छ ।

आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको