Like us!
Follow us!
Connect us!
Watch us!

१० महिनामा बैंकहरुको नाफा ५३ अर्ब नाफा ५३ अर्ब,नबिलकाे मात्रै साढे ५ अर्ब

अर्थ संसार

बुधबार, ३० जेठ २०८१, १० : ३३ मा प्रकाशित

१० महिनामा बैंकहरुको नाफा ५३ अर्ब नाफा ५३ अर्ब,नबिलकाे मात्रै साढे ५ अर्ब

 बैंक तथा वित्तीय संस्थ (लघुवित्तबाहेक) ले ५३ अर्ब रुपैयाँ बढी खुद नाफा कमाएका छन्। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंकहरुले ५३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएका हुन्। 

बैंक तथा वित्तीय संस्थाहरूले चैत मसान्तसम्ममा ४४ अर्ब ६७ करोड रूपैयाँ खुद मुनाफा गरेका थिए । १ महिनामा उनीहरूले साढे ८ अर्ब नाफा गरेका हुन् । गत आवको १० महिनामा उनीहरुले ६२ अर्ब ६० करोड नाफा गरेका थिए । गत आवको तुलनामा बैंक तथा वित्तीय संस्थाको नाफा ९ अर्बले घटेको हो ।

यस अवधिमा सबैभन्दा बढी कमाउने बैंक नबिल हो । वैशाख मसान्तसम्म नबिलले ५ अर्ब ४६ करोड रुपैयाँ कमाउँदा ग्लोबल आईएमई दोस्रो स्थानमा छ । ग्लोबल आईएमईले १० महिनामा ४ अर्ब १२ करोड नाफा गरेको छ ।

नबिल र ग्लोबल आईएमईलाई नेपाल इन्भेस्टमेन्ट मेगा र प्राइम कमर्सियल बैंकले पछ्याइरहेका छन् । यी दुई बैंकको खुद मुनाफा ३ अर्ब बढी छ । एनआईएमबीले १० महिनामा ३ अब ७७ करोड कमाउँदा प्राइमको आम्दानी र खर्चको अन्तर ३ अर्ब २२ करोड छ । यस अवधिमा शीर्ष ५ मा परेको बैंक एभरेष्ट हो । एभरेष्टको खुद मुनाफा २ अर्ब ९८ करोड छ ।

कृषि विकास, स्ट्यान्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य, प्रभु, एनएमबि, हिमालयन र एनआईसी एशिया पनि २ अर्बभन्दा बढी कमाउनेको सूचीमा परेका छन् ।

१० महिनामा सबैभन्दा कम खुद मुनाफा नेपाल बैंकको छ । बैंकले ५९ करोडमात्र नाफा गर्दा पुच्छरबाट दोस्रोमा माछापुच्छ्रे बैंक १ अर्ब १० करोड रुपैयाँ खुद मुनाफासहित छ ।

१० महिनामा वाणिज्य बैंकहरूको नाफा ४८ अर्ब ६० करोड छ । उनीहरूले वैशाखमा मात्र करिब ८ अर्ब रूपैयाँ खुद मुनाफा गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको