Like us!
Follow us!
Connect us!
Watch us!

खप्तड लघुवित्तले डाक्याे साधारण सभा, आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव

अर्थ संसार

विहीबार, ०१ पुस २०७८, १३ : १५ मा प्रकाशित

खप्तड लघुवित्तले डाक्याे साधारण सभा, आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे मंसिर २६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे दाेश्राे वार्षिक साधारण सभा पौष २४ गते शनिबार, होटल नमस्ते, अत्तरीयामा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । संस्थाले सर्वसाधारणका  लागि १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन गर्न संस्थाले प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । 

यसका साथै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु (मिति २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिका नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचीहरु समेत वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ति र पारिश्रमीक अनुमोदन गर्ने, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ र कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार २०७८/०७९ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू सभामा पारित गरिनेछ ।

त्यसैगरी, संस्थाको प्रबन्धपत्र र नियमावली समसामयिक थप/संशाेधन गर्ने, कुनै पनि लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ती/समाहित (Acquisition) हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पति तथा दायित्वको मूल्याङ्कन (Due Diligence Audit) गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको