Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय निकायमा निर्वाचित र आशा गरिएका जन प्रतिनिधिलाई बैंकर मनोज ज्ञवालीका १० सुझाब

मनोज ज्ञवाली

अर्थ संसार

मंगलबार, १७ जेठ २०७९, ०७ : ३० मा प्रकाशित

स्थानीय निकायमा निर्वाचित र आशा गरिएका जन प्रतिनिधिलाई बैंकर मनोज ज्ञवालीका १० सुझाब

स्थानीय निकाय को चुनाव सकिएको छ र पदाधिकारीहरूले पद वहाली गरिसकेका छन। ७५३ स्थानीय निकाय का कूल ३५ हजार २२१ पदका लागि प्रतिनिधिको  निर्वाचनका लागि १ लाख ५३ हजार २२० उम्मेदवार ले उमेदवारी दर्ता गराएका थिए,  जसमध्ये ३ सय ९० जना निर्विरोध निर्वाचित भए भने बाँकी पदहरूमा निर्वाचन भयो।

स्थानीय चुनाव मा यस पटक धेरै स्वतन्त्र उमेदवार हरु विजयी हुनुभएको छ। कुल ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन । जसमा: १३ जना पालिका प्रमुख, ४ जना उप प्रमुख, १३६ वडाध्यक्ष र २३२ वडा सदस्य छन्। यसरी विजयी हुने उमेदवारहरू रणनैतिक रुपमा चुनाव लडेका, मिडियाले पुरै सघाएका, युवाहरूले साथ दिएका देखि एक्लै चुनाव प्रचारमा हिडिरहेका उमेदवारहरू समेत छन।  धेरै निकायहरूम  युवाहरूले कमान सम्हाल्ने मौका पाएका छन। यसको समिक्षा गर्दा केहि बुदाहरु यस्तो देखिन्छन।

१. राजनैतिक दल र यीनका प्रमुखहरु संग नेपाली नागरिकहरु ३ दशक भन्दा बढि समय देखिको बेथितिका कारण रुष्ट छन यसैले मौका पाए सम्म विकल्प खोज्ने प्रयास गर्छन। हरेक पटक बैकल्पीक आश्वासन दिन सक्ने पार्टि वा समूहले भोट पाएको छ र उसले पनी त्यो विश्वास मा न्याय गर्न सकेको छैन। 

२. राजनैतिक दलका निर्णायक कर्ताहरु अझै पनी पार्टीको आस्था र चुनाव चिन्ह हेरेर नागरिक हरुले भोट हाल्छन नै यसैले टिकट आफुलाई हित हुने गरि वितरण गर्दा केहि फरक पर्दैन भन्ने विचारबाट ग्रसित नै छन। टिकट यसरी नै वितरण गर्न खोजीयो र पराजय भनि भोग्नु पर्यो।

३. हरेक पटक चुनाव मा अघिल्लो पटक बढि मत ल्याएको पार्टीको नराम्रो पराजय भएको हुन्छ।  खासमा नेतृत्व ले जनमतको कदर गर्न नसकेको, देखाइएका सपनामा न्याय गर्न नसकेको, अपेक्षामा खरो उत्रिन नसकेको कारण पार्टीका धेरै उमेदवार पराजित हुन्छन तर नेतृत्व ले यी सबै कुराको नैतिक जिम्मेवारी आफुले लिनुपर पनी अरूलई दोष दिदै अनी परिस्थीतीलाई जिम्मा लाउदै आफु चोखो नै रहन खोज्दछन। न आत्मसमिक्षा न त आत्मग्लानी नै।

४.नयां र बैकल्पीक शक्ति भनेर आउन खोज्नेहरु पनि उम्रीदै पद र शक्तिको लागी मारामार मै लिप्त देखिदा नागरिकहरु खराब मध्य को कम खराब पार्टीलाई चुन्न बाध्य हुन्छन नै। अनी यो चक्र घुमिरहेकै छ।  नागरिकहरु विकल्पको निरन्तर खोजीमा छन। कुनै पनी पदाधिकारीको बारेमा जनधारणा कस्तो हुने भन्ने सिलसिलामा मिडियाको ठूलो हात छ। मिडिया पनि स्वतन्त्र विचार अनी जिम्मेवार भावपुर्वक प्रस्तुत हुन जरुरी छ। कसैलाई पनि अति उत्साहित या हतोत्साहित नगरौं।

अहिले स्थानीय निर्वाचन मा निर्वाचित हरु पपुलिष्ट निर्णयहरु गरेर चर्चामा आउन हतकण्डा हरु मचाईरहेका छन। निर्णय गरेर फोटो खिच्यो, सामाजिक सञ्जाल मा हाल्यो अनी दुईचार चाप्लुसहरुले वाह नेता भनेको यस्तो पो हुनुपर्छ भनेर लेखेको कमेन्टमा मक्ख पर्यो- अर्को ले सिको गर्यो। हामी पनी खुशी हुन सानो सानो स्टाटस, निर्णय र काम मै पुगीहाल्ने। स्थानीय जनप्रतिनिधिहरु कोहि भित्ता सफा गर्ने, कोही कुचो लगाउने, कोहि पुलिस बन्न खोज्ने, समस्या पर्यो की मलाई सम्पर्क गर्नुस भन्दै सामाजिक सञ्जाल मा फोन नम्बर शेयर गर्नै- नायक फिल्मका अनिल कपुरको छाप राम्रै परे झै देखिन्छ।  नागरिकका लागी रात दिन खट्नु र जिम्मेवारी लिन खोज्नु सकारात्मक हो तर कोसीस मान्छे ले होईन सिस्टमले समाधन गर्ने बनाउने कोशीस गर्नुपर्छ । भूमिकालाई बुझ्न अनी भुमिकामा न्याय गर्न पो जरुरी छ त।   नागरिक र जन प्रतिनिधि सबै जिम्मेवार हुनु जरुरी छ।

स्थानीय निकायमा निर्वाचित र आशा गरिएका जन प्रतिनिधिलाई १०  सुझाब:

१. अहिले विश्वास गरेर स्वतन्त्र रुपमा अनुमोदित जनप्रतिनिधिहरूले वाहवाही पाइरहेका छन। स्थानीय देखी राष्ट्रिय मिडियाहरूले पछ्याईरहेका छन। यती बेला अब समय यो सबै कुरामा समय ब्यतित गर्ने होईन। चुनावमा जे भनीयो अब गरेर देखाउनुपर्ने बेला छ। यसैले शुरुवाती समय समस्या बुझ्न अनी उपलब्ध साधन र श्रोतलाई यी समस्या समाधानमा कसरी सबैभन्दा बढि सदुपयोगीताका साथ लगाउन सकिन्छ सोचौं।

२. समस्याको पहिचान र साधन श्रोतको पहिचान पछि आफ्नो कार्यकाल सम्ममा , एक आ.ब. भित्रमा र तत्काल सम्बोधन गर्नुपर्ने कार्यक्रम को लागत र  सम्बद्ध योजना तयार पारौं। समय र श्रोत ब्यबस्थापन महत्वपूर्ण छ, संयमित हुदै कार्ययोजना तयार पारौं।

३. यसरी योजना तयार पार्ने बेलामा निःस्वार्थ भावले सेवामा समर्पित हुनसक्ने र अनी विश्वास गर्न सकिने बिषय बिज्ञहरुको सुची तयार पारौं र वहांहरुसंग सहयोगको लागी अनुरोध गरौं।

४. स्थानीय निकायमा भएका हरेक क्षेत्र का सम्भावना हरु र यस्ता सम्भावनाहरूलाई सामाजिक संगै आर्थिक रुपान्तरण मा खेल्नसक्ने भुमिका अनी यस्ता सम्भावनाहरूलाई वास्तविक परिवर्तन का आधारहरू बनाउन चाहिने योजनाहरुका बारेमा छलफल गरी कार्यान्वयन गर्न सकिने कार्य योजना बनाऔं।

५. स्थानीय निकायमा भएको स्वास्थ्य, शिक्षा, वित्तीय पहुँचको वर्तमान अबस्था संगै समस्या र समाधानका उपायहरूमा छलफल गरी यसको स्तरलाई बढाउन कार्य योजना बनाऔं। यस्ता योजनाहरूमा प्रादेशिक सरकार र सङ्घीय सरकारको बजेट समेत चाहिने अबस्था भएमा समय मै पहल गरौं।

६.चुनावमा पराजित भएका उमेदवार हरुले आफ्नो घोषणापत्र मा उल्लेख गरेका र वाचा गरेका कार्यक्रम हरु सम्बन्ध मा पनि वहांहरुसंग छलफल गरौं र यदि यस्ता कार्यक्रमहरु कार्यान्वयन गर्न सकिने खालका छन अनी यस्ता कार्यक्रम ले त्यस निकायका नागरिकलाई लाभ हुने कुरामा विश्वस्त हुन सकिने आधार भएका आफ्नो निति र कार्यक्रम मा समावेश गरौ र कार्यान्वयन मा वहांहरुको पनि सहयोग मागौं।

७. अरुको कुरा काट्ने, पहिलेका स्थानीय सरकारले के गर्न सकेनन भनेर बोल्दै हिड्ने होईन। के काम गर्न सकिएन र के गर्नुपर्छ भन्ने सन्दर्भमा पुरानो स्थानीय निकायका पदाधिकारीहरूसँग छलफल गरौ ताकि जोसै जोसमा पुरानै गल्तीहरू नदोहरिउन- सजग रहौं। पुराना र अनुभबी कार्यपालिकाका सदस्यहरुको राम्रो सुझावलाई मनन गरौं। 

८. बाहिर बसेर सुझाव दिनु, यो भएन- त्यो भएन भनेर भाषण गर्नु र सांच्चै आफै जिम्मेवारी लिएर गज्जबको परिणाम निकाल्न असम्भव चै होईन तर मुस्किल हुन्छ नै।  काम हुन नदिने र गर्न नसकिने कारण अनी संयन्त्र को पहिचान गरेर रणनैतिक कार्य योजना बनाऔं।

९. म तलब लिन्न,  म भत्ता लिन्न भनेर पपुलर हुने छोटकरी बाटो नखोज्नुस। यहांले लिने तलब भत्ताको कारण बिकास खर्च कम भएको या हुने होईन - सम्पत्ति र आयश्रोत राम्रै छ भने तलब भत्ता नलिदा पनी केहि भएन नत्र लिनुस; बेइमानीको एक पैसा नलिनुस। भ्रष्टाचार हुने र बदमासी गरिने हरेक ठांउको पहिचान गरेर सबै प्वालहरू टाल्नुहोस। नत्र यहांको समृद्धिका वाचा अनी सपनाहरू त्यहि प्वाल बाट चुहिएर सकिने छन अनी नागरिकहरु फेरी अर्को चुनाव सम्म पुर्ववत अर्को बिकल्प खोज्न लाग्ने छन ।

१०. स्थानीय निकायका नागरिकहरु जसले राष्ट्रिय र अन्तराष्ट्रिय पहिचान बनाइसकेका छन र छवि पनि स्वच्छ छ भने यस्ता मानिसहरूको सूची तयार पारौं र हरेक क्षेत्रबाट स्थानीय निकायमा सकारात्मक प्रभाव पार्न वहांहरुको साथ अनी सहयोग मागौं अनी उधमशिलता, स्वरोजगार, वित्तीय साक्षरता का कार्यक्रम हरु संचालन गरेर मानीसहरुको जीवनमा सकारात्मक परिवर्तन र समृद्दि ल्याउने कोशीस गरौं।
सबै क्षेत्र, जाति, धर्म, उमेर, लिंग  अनि समुहको  भावना र सपनामा न्याय गर्न सक्नुहोस, सबैलाई शुभकामना!!
सचेत, सजग र जिम्मेवार बनौं।
जय होस, शुभ होस!!

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको