Like us!
Follow us!
Connect us!
Watch us!

कालिन्चोक दर्शनले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने

अर्थ संसार

आइतबार, २१ मंसिर २०८२, १० : ३९ मा प्रकाशित

कालिन्चोक दर्शनले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने

कालिञ्चोक दर्शन लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको  मंसिर १८ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १५ गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो ।

उक्त सभा काठमाडौंको गौशालास्थित बद्रीनाथ होटलमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्ने र सोपछि कायम हुने चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । त्यसैगरी सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सञ्चालक समितिले गरेका निर्णयहरू अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा मंसिर २९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्रै साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको