साताको सेयर कारोबार हुने दोस्रो दिन सोमबार पनि सेयर बजार घटेर कारोबार भएको छ । अघिल्लो दिन पनि घटेर कारोबार भएको सेयर बजार आज पनि ३.०२ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६०६.६७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १४७ कम्पनीको कारोबार घटेको छ भने ९९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स् पनि १.५० अंकले घटेर ४४६.७५ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ ।
परिसूचक सामान्य घटेको दिन सेयर बजारमा साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३३१ कम्पनीका १ करोड १ लाख ४६ हजार ४०० कित्ता सेयर ८३ हजार २७३ पटक खरिद बिक्री हुँदा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७४२ रुपैयाँको कारोबार भएको छ ।
बजार राताम्य भए पनि आज ४ वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस