राष्ट्रिय आविष्कारक केन्द्रका संस्थापक तथा वर्तमान शिक्षा मन्त्री महावीर पुनले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको एक घरको नक्सालाई लिएर कडा प्रतिक्रिया जनाएका छन्। उनले उक्त नक्सा तयार गर्ने इञ्जिनियरको गम्भीर लापरवाहीप्रति प्रश्न उठाउँदै व्यङ्ग्यात्मक शैलीमा आपत्ति जनाएका हुन्।
महावीर पुनले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका लागि बनाइने भनिएको घरको नक्सा फेसबुकमा सेयर गर्दै, नक्सा बनाउने इञ्जिनियरमाथि कारबाही हुनुपर्ने धारणा व्यक्त गरेका छन्। दुई जनामात्र बस्ने कुटीका लागि माग गरिएको नक्साको साटो अत्यन्तै ठूलो दरबारजस्तो संरचनाको डिजाइन तयार पारिएको भन्दै उनले त्यसलाई अस्वाभाविक र गैरजिम्मेवार कामको उदाहरण भनेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस